युवा उद्यमी मञ्चको केन्द्रीय अध्यक्षमा उदीप श्रेष्ठ, सदस्यमा चितवनका कृष्ण सापकोटा
न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार २१:१४
काठमाडौं, १४ जेठ । नेपाल युवा उद्यमी मञ्चको केन्द्रीय अध्यक्षमा उदीप श्रेष्ठ चयन हुनु भएको छ । शुक्रबार सम्पन्न १७ औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्वत रुपमा अध्यक्ष चयन हुनु भएको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितिय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोद मान सैजु र महिला उपाध्यक्षमा निभिता प्रधान चयन हुनु भएको छ । समितिको सदस्यहरुमा कौशल सुन्दर श्रेष्ठ, पवित्रा बहादुर गौतम, रिचा श्रेष्ठ, सुदिप घिमिरे र कृष्ण सापकोटा चयन हुनु भएको छ । सापकोटा चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।
यस अघिसम्म प्रकाशदेव पालिखे मञ्चको अध्यक्ष हुनुहुन्थ्यो । समितिको कार्यकाल एक वर्षको हुने छ । सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्दै युवाहरुलाई उद्यमी बनाउने कार्यमा आफू कटिबद्ध भएर लाग्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभयो । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक समेत रहनु भएका श्रेष्ठले युवाहरुलाई उद्योगतर्फ आकर्षित गर्न सके मात्रै देशको विकास र रोजगारी सिर्जना हुने बताउनुभयो । उहाँले युवाहरुलाई विदेशिनबाट रोक्दै देशभित्रै उद्यमशीलता विकास गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।