सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक खर्ब आठ अर्ब बराबरको निर्यात


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १३:०४ 
  • काठमाडौँ, १० जेठ । चालु आर्थिक वर्ष २०७७-७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो ।

    विभागले सार्वजनिक गरेको चालु आव २०७७-७८ को पहिलो दश महिनाको (साउदेखि वैशाखसम्म) तथ्याङ्कअनुसार यस अवधिमा रु एक खर्ब आठ अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत वर्षको सोही अवधिमा रु ८२ अर्ब छ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो ।

    सरकारले गत आव २०६६÷६७ मा रु एक खर्ब बढीको निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ११ वर्षपछि चालु आवको दश महिनाको अवधिमा उक्त लक्ष्य पूरा भएको हो ।

    यसैगरी दश महिनाको अवधिमा रु १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा २२ दशमलव ३४ प्रतिशतले आयातमा वृद्धि भएको छ । गत आवमा सोही अवधिमा रु दश खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।

    तथ्याङ्कअनुसार यस वर्ष व्यापार घाटा २१ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव चार र निर्यातको हिस्सा सात दशमलव ९६ प्रतिशत रहेको छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०।५९ प्रतिशतले घटेको छ ।

    विभागको तथ्याङ्कअनुसार दश महिनामा रु ११ अर्ब ४५ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार घाटा भएको छ । आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले रु नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोर्नुपरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २१।४८ प्रतिशतले व्यापार घाटा भएको हो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.