सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मौलाकालिका जाने केबुलकार निर्माण कार्य शुरु


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १२:१९ 
  • गैंडाकोट, १० जेठ । धार्मिक एवं ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर पुग्ने केवलकार निर्माणको काम शुरु भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं. १ देखि धारापानी टोलदेखि मन्दिरसम्म केवलकार निर्माण हुने भएको हो ।

    केवलकारका लागि सामुदायिक वनको रुख काट्ने काम आजबाट थालिएको छ । एक कार्यक्रमकावीच रुख कटानको थालनी गरिएको हो ।
    नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा नगरप्रमुख पौडेलले जिल्लाकै गौरवको आयोजना आफ्नो नगरमा हुनु खुशीको विषय भएको बताउनुभयो । निर्माण सम्पन्न गर्न नगरवाट पूर्ण सहयोग हुने भन्दै यसले स्थानीयको आयआर्जनमा परिवर्तन ल्याउनुका साथै रोजगारीको अवसर र नगरको विकासमा ठूलो टेवा मिल्ने बताउनुभयो । मन्दिरको विकाससँगै पर्यटन प्रवद्र्धनमा कोशेढुँगा सावित हुने पौडेलको दावी छ ।

    पौडेलले यहाँको पर्यटन प्रबद्र्धनमा केवलकारले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो “यसले नगर क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ ।” यसले स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुको साथै होटल रेष्टुरेन्ट व्यवसाय पनि फस्टाउने पौडेल बताउनुहुन्छ । स्थानीय सरकारले यस्ता परियोजनालाई प्रोत्साहन गर्ने उहाँको भनाई छ ।

    स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले केवलकार निर्माण गर्न लागेको हो । परियोजना प्रमुख ई.गोकुल साउदका अनुसार गैंडाकोटको धारापानी टोलबाट मन्दिर नजिक रहेको हेलिप्याडसम्म केवलकार बन्ने छ । एक किलोमिटर दुई सय मिटर लामो उक्त केवलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला (डब्बा) रहने छन् । एउटा गोन्डोलामा आठ जना अट्ने उहाँले जानकारी दिनुभयो ।

    केवलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्दछ । केवलकारको मार्गमा पर्ने एक हजार ३८ वटा रुख कटान गर्नु पर्नेछ । साउदका अनुसार जेठ मसान्तसम्ममा रुख कटानको काम सम्पन्न हुनेछ । अष्ट्रियाको गोपलमेर कम्पनीको केवलकार जडान गर्न लागिएको हो । जुन चन्द्रागिरीमा समेत जडान गरिएको छ । यो विश्वमै प्रख्यात कम्पनी भएको साउदले दावी गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार आउँदो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाईएको छ । उहाँको भनाईमा केवलकार सम्पन्न गर्न रु. एक अर्ब ५० करोड लगानी हुने छ । सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो । नेपाल सरकारको प्रचलित नियम अनुसार सो जग्गा वापतको सोधभर्ना समेत गरेर काम अगाडि बढाईएको ढकालले जानकारी दिनुभयो ।

    केवलकारले एक घण्टामा ६०० जनालाई सेवा दिने उहाँले बताउनुभयो । स्थानीय समेत साझेदार हुने भएपछि गैंडाकोटवासी उत्साहित भएका छन् । ढकालका अनुसार स्थानीयको सहयोगका कारण परियोजना सहज रुपमा निर्धारित समयमै सम्पन्न गर्न सकिने छ ।

    उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहनु भएका जिल्ला उद्योग वाणिज्य संघ पूर्व नवलपरासीका अध्यक्ष अमृत भट्टचनले यो जिल्लाकै गौरवको आयोजना हुने बताउनुभयो । काम आजबाट शुरु भएको भन्दै उहाँले एक वर्षपछि यहाँको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामी गैंडाकोटवासीलाई सहयोग पुग्ने गरी आईएमई ग्रुपका अध्यक्ष ढकालले यो योजना यहाँ ल्याउनु आफैमा महत्वपूर्ण हो ।” यसबाट यहाँका उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले लाभ पाउने गौचनको भनाई छ ।

    धार्मिक सेवा समिति मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार विगतका वर्षहरुको तथ्यांकलाई हेर्दा वार्षिक यहाँ दुई लाख ५० हजारदेखि २ लाख ७५ हजारसम्म दर्शनार्थी आउने गरेका छन् । उहाँले भन्नुभयो “देशैभरिबाट दर्शनार्थी आउने गर्दछ । केवलकार बनेपछि यो संख्या अझै बढ्नेछ । ”

    मन्दिर क्षेत्रमा कालिकाको मुख्य मन्दिर रहेको छ । उत्तरतर्फ भैरव मन्दिर, पश्चिममा होमनकुण्ड र चर्तुमुखी शिवालय रहेको छ । मन्दिर क्षेत्रमा १२५ जना अट्ने सभाहल, ३० जना क्षमताको धर्मशाला रहेको छ । सो ठाउँमा १७५ जनासम्मलाई खान बस्नको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ यहाँ तीर्थालुहरु आउने गर्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.