सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश ३का मुख्यमन्त्री पौडेल चीन प्रस्थान


  •    /१७ असार २०७६, मंगलवार १५:३९ 
  • हेटौँडा । प्रदेश नम्वर ३का मुख्यमन्त्री डोरमणि पौडेल पाँच दिने चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । केही समय अगाडि भगिनी सम्बन्ध कायम भएको चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा आज बिहान सात जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

    दक्षिण एसियाली राष्ट्रहरुसंगको सम्बन्ध हेर्ने गान्सु प्रान्तको मुख्यमन्त्री पौडेलको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनको गान्सु प्रान्तको लान्झाउ शहरमा १८ गतेदेखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा मुख्यमन्त्री पौडेलले सम्बोधन समेत गर्नुहुनेछ ।

    भ्रमणको क्रममा मुख्यमन्त्री पौडेल डेभलपमेन्ट फोरम एन्ड कोरिडोर लजिस्टिक इन्डस्ट्री प्रोमोसन कार्यक्रममा सहभागी हुनुहुनेछ । १९ गते २५ औँ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्नुहुनेछ । सोही अवसरमा गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिअनसँग भेट गर्नुहुने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।

    त्यस्तै मुख्यमन्त्री पौडेलले २० गते सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम छ । २१ गते त्यहाँका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ । यसैगरी सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्र तथा विद्युतीय सवारी सञ्चालनका विषयमा पनि थप छलफल हुने स्वकीय सचीव पौडेलले बताउनुभयो । गान्सुसँग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो ।

    मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताउनुभयो । “चीनको अभूतपूर्व आर्थिक विकासबाट हामी धेरै प्रभावित छौं, त्यसैले पनि चीनको विकासबाट धेरै कुरा सिक्न सक्छौँ’’ –मुख्यमन्त्री पौडेलले भन्नुभयो । नेपालसँग जोडिने रेलमार्ग पनि गान्सु प्रान्तकै लान्झाउ शहरबाट ३ नम्बर प्रदेशमा नै जोडिने भएकोले यो भ्रमणले विशेष अर्थ राख्ने उहाँको भनाई छ । भ्रमण टोली २२ गते नेपाल फर्कने कार्यक्रम छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.