हेटौँडा । प्रदेश नम्वर ३का मुख्यमन्त्री डोरमणि पौडेल पाँच दिने चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । केही समय अगाडि भगिनी सम्बन्ध कायम भएको चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा आज बिहान सात जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
दक्षिण एसियाली राष्ट्रहरुसंगको सम्बन्ध हेर्ने गान्सु प्रान्तको मुख्यमन्त्री पौडेलको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनको गान्सु प्रान्तको लान्झाउ शहरमा १८ गतेदेखि २१ गतेसम्म आयोजना हुने विविध कार्यक्रममा मुख्यमन्त्री पौडेलले सम्बोधन समेत गर्नुहुनेछ ।
भ्रमणको क्रममा मुख्यमन्त्री पौडेल डेभलपमेन्ट फोरम एन्ड कोरिडोर लजिस्टिक इन्डस्ट्री प्रोमोसन कार्यक्रममा सहभागी हुनुहुनेछ । १९ गते २५ औँ चीन लान्झाउ इन्भेस्टमेन्ट एन्ड ट्रेड फेयर एन्ड हाई इन्ड फोरम अन सिल्क रोड कोअपरेसन कार्यक्रममा सम्बोधन गर्नुहुनेछ । सोही अवसरमा गान्सु प्रान्तका गभर्नर ताङ रेन्जिअनसँग भेट गर्नुहुने मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै मुख्यमन्त्री पौडेलले २० गते सस्टिनेबल डेभलपमेन्ट फोरम अफ सिल्क रोड सिटिजमा सहभागी हुनुका साथै त्यहाँको विभिन्न स्थानको अवलोकन समेत गर्ने कार्यक्रम छ । २१ गते त्यहाँका उद्योग, कृषि प्रदर्शनीको समेत अवलोकनको कार्यक्रम रहेको छ । यसैगरी सिन्धुलीको मरिण र मकवानपुरको मनहरीमा स्थापना हुने औद्योगिक क्षेत्र तथा विद्युतीय सवारी सञ्चालनका विषयमा पनि थप छलफल हुने स्वकीय सचीव पौडेलले बताउनुभयो । गान्सुसँग गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो ।
मुख्यमन्त्री डोरमणि पौडेलले भगिनी सम्बन्ध गाँसिएपछि व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रको विस्तार, सूचना प्रविधि, भौतिक पूर्वाधारमा समेत सहयोग पुग्ने बताउनुभयो । “चीनको अभूतपूर्व आर्थिक विकासबाट हामी धेरै प्रभावित छौं, त्यसैले पनि चीनको विकासबाट धेरै कुरा सिक्न सक्छौँ’’ –मुख्यमन्त्री पौडेलले भन्नुभयो । नेपालसँग जोडिने रेलमार्ग पनि गान्सु प्रान्तकै लान्झाउ शहरबाट ३ नम्बर प्रदेशमा नै जोडिने भएकोले यो भ्रमणले विशेष अर्थ राख्ने उहाँको भनाई छ । भ्रमण टोली २२ गते नेपाल फर्कने कार्यक्रम छ ।