सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना रोकथाममा प्रदेश सरकारको सक्रियता


  •    न्युजभित्तो/७ जेष्ठ २०७८, शुक्रबार १३:२१ 
  •  कर्णाली, ७ जेठ । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रु ९८ करोड ३० लाख निकासा गरेको छ ।

    सामाजिक विकास मन्त्रालयले चालु आव २०७७-७८ मा मन्त्रालय मातहतका सबै जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालमा कोरोना महामारी नियन्त्रण कार्यक्रमतर्फ रु ७३ करोड बजेट निकासा गरेको जनाएको छ । त्यस्तै अक्सिजनसहित कोभिड–१९ व्यवस्थापनका लागि रु ११ करोड ८० लाख र स्वास्थ्य सेवा निर्देशनालयमार्फत कोरोना नियन्त्रणका निम्ति रु १३ करोड ८० लाख गरी रु ९८ करोड ३० लाख बजेट निकासा गरिएको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले काप्रीले जनाउनुभयो ।

    “कोरोना रोकथाम तथा व्यवस्थापनका लागि कर्णाली प्रदेशका ३३ स्थानीय तह र सो अन्तर्गतका रणनीतिक अस्पतालमा रु १२ करोड १२ लाख २० हजार बजेट निकासा गरेका छौँ” उहाँले भन्नभयो, “प्रदेशका सबै जिल्ला अस्पतलामा रु ४०-४० लाखका दरले अक्सिजन मिनिप्लान्ट स्थापना तथा सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ ।” यसैगरी कर्णाली प्रदेशको दुई तिहाई रिक्त स्वास्थ्य जनशक्तिमा हाल अत्यावश्यक जनशक्ति व्यवस्थापनका लागि १७६ जना सामुदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी दरबन्दी, करारतर्फ १८३ जना चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । सरकारले प्रदेशका सबै जिल्लामा आइसियू स्थापना र भेन्टिलेटर सञ्चालनका लागि बजेट व्यवस्था एवं चिकित्सक तथा नर्सलाई अत्यावश्यक सघन उपचारसम्बन्धी तालीम प्रदान गरिएको उहाँको भनाइ छ ।

    सचिव काप्रीका अनुसार कर्णालीका जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय, जनस्वास्थ्य सेवा कार्यालयहरु र अस्पताललाई अक्सिजन ग्यास सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट, पावर ब्याकअप, रेम्डेसिभिर इन्जेक्सनलगायतका सामग्रीहरु खरीद कार्यका लागि पनि बजेट व्यवस्था गरिएको छ । त्यसैगरी, प्रदेशमा रही काम गर्न प्रोत्साहन गर्ने हेतुले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई १३५ प्रतिशतसम्म थप प्रोत्साहन रकम र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको लागि प्रदेश सरकारबाट ५ प्रतिशत थप जोखिम भत्ताको व्यवस्था गरेको छ ।

    स्थानीय अस्पतालहरूलाई १५ देखि २५ शय्या, हुम्ला, मुगु, डोल्पा जिल्ला अस्पताललाई ५० शय्या, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम जिल्ला अस्पताल र मेहलकुना अस्पताललाई १०० शय्या क्षमताको अस्पतालको रुपमा र प्रदेश अस्पताललाई ५०० शय्या क्षमताको अस्पतालको रुपमा स्तरोन्नति गर्ने योजना अघि बढाइएको छ । प्रदेश सरकारले कोभिड–१९ का सिकिस्त बिरामीलाई विकट भूगोलबाट हवाई उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र उपयुक्त स्थानमा उपचारका लागि व्यवस्था मिलाएको पनि सचिव काप्रीले जानकारी दिनुभयो ।

    सामाजिका विकास मन्त्रालयका अनुसार सङ्घीय सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिठान जुम्ला, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, दैलेख, कालीकोट र हुम्लाका जिल्ला अस्पतालमा २५-२५ शय्या गरी १५० शय्या एचडियु र खरीद प्रक्रियामा छ भने प्रदेश अस्पताल सुर्खेका लागि थप ५० शय्या एचडियू स्थापनाको लागि बजेटको सुनिश्चित पनि गरिएको छ । ­­­

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक १८ अङ्कले घट्यो
    परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही
    • चक्कु प्रहार गरी युवकको हत्या
    • सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
    • नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.