सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१० महिनामा विकास बजेटको खर्च ३६ प्रतिशत मात्र


  •    न्युजभित्तो/२ जेष्ठ २०७८, आईतवार १३:०६ 
  • काठमाडौं,२ जेठ। चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख)  पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ ।

    यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको छ । खासगरी यो वर्ष सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजना समेत कोरोना महामारीका कारण पछाडि धकेलिएसँगै विकास बजेट प्रभावित बनेको हो ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ७७ करोड रुपैयाँ विकास बजेट खर्च भएको छ । यो कुल लक्ष्यको ३५.६४ प्रतिशत हो ।

    यो वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । यो वर्ष वैशाखको प्रारम्भबाटै विभिन्न जिल्लामा प्रतिवन्ध शुरु भयो । त्यसको असर विकास निर्माण र बजेट खर्चमा परेको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेट खर्च ५५.९३ प्रतिशत भएको छ । यो वर्ष सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट कार्यान्वयन गरिरहेको छ । वैशाखसम्म ८ खर्ब २४ अर्ब ७९० करोड रुपैयाँ  बजेट खर्च भएको छ ।

    यसमध्ये ६ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ भने चालु खर्च हो । चालु खर्च लक्ष्यको ६६.४१ प्रतिशत खर्च भइसकेको छ । चालु खर्चभित्र स्थानीय तह र प्रदेशमा जाने अनुदान समेत पर्छ ।

    जुन ती सरकारहरुले पुँजीगत काममा समेत खर्च गर्न सक्छन् । यो अवधिमा वित्तीय व्यवस्थातर्फ ३९.७७ प्रतिशत खर्च प्रगति देखिएको छ ।

    राजस्व लक्ष्यको नजिक

    यो वर्ष सरकारले तुलनात्मक रुपमा राजस्वको लक्ष्य भने सन्तुलित राखेको थियो । यसको प्रभाव संकलनमा समेत देखिएको छ ।

    वैशाख मसान्तसम्म ७ खर्ब ६१ अर्ब १ करोड राजस्व उठेको छ । यो लक्ष्यको ७५.२२ प्रतिशत प्रगति हो । सरकारले यो वर्ष १० खर्ब ११ अर्ब ७५ करोड राजस्व संकलनको लक्ष्य राखेको छ ।

    त्यसलाई अर्धवाषिर्क समिक्षाबाट ९५ प्रतिशत प्रगति हुने संशोधित अनुमान छ । उक्त अनुमान अनुसार राजस्व भने संकलन हुने अपेक्षा अर्थ मन्त्रालयको रहेको छ ।

    निषेधाज्ञाको समयमा पनि आयात-निर्यात प्रभावित नभएको र उद्योग धन्दा संचालनमा समेत अघिल्लो वर्ष जस्तो कडाई नभएका कारण यो वर्ष राजस्व संकलन प्रभावित नहुने विश्वास सरकारको छ ।

    यस्तो छ १० महिनामा खर्च र राजस्व प्राप्तिको अवस्था

    चालु खर्च : ६ खर्ब ३० अर्ब २१ करोड (६६.४१ प्रतिशत)

    पूँजिगत खर्च : १ खर्ब २५ अर्ब ७७ करोड (३५.६४ प्रतिशत)

    वित्तीय व्यवस्था : ६८ अर्ब ७२ करोड (३९.७७ प्रतिशत)

    कुल : ८ खर्ब २४ अर्ब ७० करोड (५५.९३ प्रतिशत)

    राजस्व संकलन

    कर राजस्व : ७ खर्ब ९ अर्ब ६३ करोड (७७.७३ प्रतिशत)

    गैरकर राजस्व : ५१ अर्ब ३८ करोड (५२ प्रतिशत)

    कुल : ७ खर्ब ६१ अर्ब १ करोड (७५.२२ प्रतिशत)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक १८ अङ्कले घट्यो
    परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही
    • चक्कु प्रहार गरी युवकको हत्या
    • सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
    • नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.