सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विजनेश म्यागाजिनको डिजिटल विमोचन


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १३:२२ 
  • भरतपुर, २८ वैशाख । केटीबी एड्भटाईजिङ्ग एजेन्सीले प्रकाशित गरेको कोभिड १९ विशेष विजनेश म्यागाजिनको आज डिजिटल प्रविधि मार्फत विमोचन गरिएको छ । चितवन क्षेत्र नं. ३ का सांसद एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जुम मार्फत् पुस्तकको विमोचन गर्नुभएको हो ।

    सो अवसरमा बोल्दै दाहालले सबै क्षेत्र कोभिड विरुद्ध जुट्नु पर्ने बेला आएको बताउनुभयो । चितवनबाट प्रकाशित भएको यो म्यागाजिनले चितवन आधार क्षेत्र बनाएर सम्पूर्ण क्षेत्रको विषय उठान गरेपनि यसले समग्र देशकै प्रतिनिधित्व गरेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “चितवन आधार क्षेत्र बनाएर देशकै अर्थतन्त्रलाई प्रतिनिधित्व गरी कोभिडलाई जोडेर तयार पार्नुभएको छ । यो प्रयास प्रशंसनीय र सह्रानीय छ ।”

    विमोचन समारोह विशिष्ठ अतिथि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका बर्षमा महानगरले कोभिड न्यूनीकरणको लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताउनुभयो । कोभिड संक्रमित बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले कोभिड न्यूनिकरणको लागि सबै क्षेत्रसंँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    भरतपुर अस्पताल समितिका अध्यक्ष भोजराज अधिकारीले चितवन देशकै केन्द्र विन्दु भएको र दैनिकरुपमा बिरामीको चाप बढ्दै गएको भएपनि स्वास्थ्यकर्मीहरुले बिरामीको सेवामा कुनैपनि कमी हुन नदिएको बताउनुभयो ।

    पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले कोभिडले सबैभन्दा बढी मिडिया प्रभावित भएको बताउँदै भन्नुभयो “व्यवसायी र स्थानीय तहले खर्च कटौतीका नाममा पहिलो खर्च विज्ञापनको कटाउँनु हुँदैन ।” उहाँले स्थानीय पालिकाहरुले यो असहज अवस्थामा यहाँका मिडियालाई सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले सरकारको मेरुदण्डको रुपमा नीजि क्षेत्र भएपनि कोभिडको महामारीमा कुनै सहयोग नगरेको गुनासो गर्नुभयो । चेम्बरअफ कमर्स, चितवनका अध्यक्ष दिर्घमान श्रेष्ठले नीजि क्षेत्र पनि उत्तिकै कोभिडको मारमा रहेको भन्दै व्यवसायभन्दा स्वास्थ्यको बढी चिन्ता रहेको बताउनुभयो ।

    म्यागाजिनको बारे संक्षिप्त रुपमा बताउंँदै सम्पादक सूर्यप्रसाद अधिकारीले गतबर्षको कोभिडका विषयलाई अहिले प्रकाशित गरेपनि विषयवस्तुहरुले अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले म्यागाजिनमा समग्र देशको प्रतिनिधित्व हुनेगरी चितवनका शिक्षा, स्वास्थ्य, उद्योग, कृषि पर्यटन विकास निर्माण लगायतका क्षेत्रहरुमा कोभिडले पारेको असर, चुनौति र सम्भावनालाई उजागर गर्ने प्रयास बताउनुभयो ।

    विमोचन कार्यक्रमका सभापति एवं केटीबी एडभर्टाइजिङ्ग एजेन्सीका अध्यक्ष किशोरचन्द्र सापकोटाले कम्पनीले व्यवसाय मात्र नभई सूचना सम्प्रेषण गर्दै आएको बताउंँदै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिएको बताउनुभयो । सबै क्षेत्र, विषयविज्ञ, भरतपुर महानगरपालिका सबैको साथ र सहयोगबाट म्यागाजिन प्रकाशन गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

    कुल ११२ पृष्ठ लामो रंगीन यस म्यागाजिनमा कोभिड १९ को समयको शुरुवाती समय , मध्यमसमय र मत्थर भइसकेको अवस्थालाई मिहिन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.