सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्यकर्मीको गल्तीले बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि


  •    /१३ असार २०७६, शुक्रबार १५:५६ 
  • काठमाडौँ /  स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकका कारण बिरामीको मृत्यु हुने सङ्ख्यामा वृद्धि भइराखेकोमा स्वयं चिकित्सकले चिन्ता व्यक्त गर्नुभएको छ ।    
        
    बिरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको भुलचुक तथा स्वास्थ्य संस्थाका कारणले नेपालमा कति बिरामीले अकालमा ज्यान गुमाउँदछन् भन्ने हालसम्म कुनै निकायले अध्ययन अनुसन्धान गरेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यकर्मी र स्वास्थ्य सेवाका नकारात्मक कारणले अस्पतालमा भर्ना हुने दशमध्ये एकजनामा नकारात्मक असर पर्ने गरेको र मृत्युसम्म पु¥याएको जनाएको छ । यसैगरी दक्षिण एशियाली मुलुकहरुमा मृत्यु हुनेमध्ये २७ प्रतिशत स्वयं स्वास्थ्यकर्मीको भुलचुकले हुने गरेको जनाइएको छ ।    
        
    अस्पतालमा भर्ना भएका बिरामीको अस्पतालकै कारण सङ्क्रमण देखिने, गलत शल्यक्रिया हुनु, गलत औषधि प्रयोगको निर्देश गर्नु, औषधिको मात्रा बढी हुनु तथा अस्पतालभित्रै चोटपटक लाग्ने गरेको पाइएको सङ्गठनको भनाइ छ ।    
        
    बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास कसरी गर्ने भन्ने ध्येयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठन र निजी क्षेत्रको अस्पताल नेपाल मेडिसिटीद्वारा संयुक्तरुपमा आज यहाँ सोसम्बन्धी दुईदिने गोेष्ठीको आयोजना गरियो ।    
        
    स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा आउने बिरामीलाई प्रभाव पार्ने तत्वका पहिचान गरी सुरक्षा प्रदान गर्ने विषयमा विश्व स्वास्थ्य सङ्गठन, अमेरिका, बेलायत तथा सार्क क्षेत्रका चिकित्सकले छुट्टाछुट्टै कार्यपत्र गोष्ठीमा प्रस्तुत गर्नेछन् ।    
        
    गोष्ठीको पहिलो सत्रमा शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले उपचार लिन आएका बिरामीको सुरक्षित उपचार गर्नु अस्पताल र स्वास्थ्यकर्मीको प्रमुख दायित्वलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको र कार्यान्वयनसमेत गरेको जानकारी दिनुभयो । “स्वास्थ्यकर्मीको समूहगत कार्य तथा औषधि, उपकरण, प्रयोगशालाको समन्वयले मात्र बिरामीको सुरक्षा हुन्छ । कहिलेकाहीँ यी कुराभन्दा बाहिर जाँदा बिरामी असुरक्षित हुन्छन् । पछिल्लो समय नेपालका तराई मधेशमा डेङ्गु नियन्त्रणमा चुनौती थपिएको छ । यस्तो अवस्थामा स्वास्थ्य निकाय संवेदनशील बन्नुपर्छ”, उहाँले भन्नुभयो ।    
        
    स्वास्थ्य सेवा विभागका डा अर्जुन सापकोटाले स्वास्थ्य सेवालाई सुरक्षित बनाउन विभागले स्वास्थ्यकर्मी, औषधि, उपकरण तथा जनचेतनामा विशेष ध्यान दिएको उल्लेख गर्दै स्वास्थ्य संस्था र सेवाका कारण बिरामीको मृत्यु हुन नदिन समन्वयकारी कामको खाँचो औँल्याउनुभयो । अमेरिकाका डा पाउल किलगोरले अस्पताल र बिरामीलाई सुरक्षा प्रदान गर्न सामूहिक कार्यमा जोड दिनुपर्छ भन्नुभयो ।    
        
    भारतका डा गिरीधर ज्ञानीले स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ तथा सामान्य भुलचुकले बिरामीको मृत्यु रोक्नु चिकित्सा क्षेत्रका लागि चुनौतीको विषय रहेको औँल्याउनुभयो ।  (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.