सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्सिजन सिलिण्डर जम्मा गर्दै चितवन उद्योग सङ्घ


  •    न्युजभित्तो/२५ बैशाख २०७८, शनिबार १५:३६ 
  • चितवन, २५ वैशाख । उद्योग सङ्घ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर सङ्घमा जम्मा गरिदिन अनुरोध गरेको छ । कोभिड सङ्क्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि सङ्घले जम्मा गर्न थालेको हो ।

    सङ्घका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीबारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर सङ्घमा पठाइदिन अनुरोध गरिएको हो । उहाँले भन्नुभयो, “धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ । सबैसँग हामीले सहयोगका लागि अनुरोध गरेका छौँ ।”

    जिल्लाका ४० भन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उहाँको भनाइ छ । ती उद्योगबाट ५० भन्दा बढी सिलिण्डर सङ्कलन हुने अपेक्षा गरिएको छ ।

    सङ्घका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसङ्घको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर सङ्कलन गर्न लागिएको बताउनुभयो । कतिपय सिलिण्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको छ । उहाँका अनुसार सिलिण्डर सङ्कलन भएपछि अक्सिजन भरेर उपचारका लागि अत्यावश्यक ठाउँमा पठाइने छ ।

    अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “हामी यो मानवीय कार्यमा सक्दो सहयोग गर्छौँ” कोरोनाको पहिलो लहरमा सङ्घले अस्थायी अस्पताल स्थापनाका लागि प्रदर्शनी हल उपलब्ध गराएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.