सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीनबाट सामान आयातमा समस्या, सिन्धुपाल्चोकका व्यापारीलाई मात्र प्रवेश


  •    न्युजभित्तो/२६ चैत्र २०७७, बिहीबार १३:५१ 
  • काठमाडौं २६ चैत  । कोरोना नियन्त्रण गर्न सरकारले गरेको ९ महिना लामो लकडाउनपछि लयमा फर्किन क्रममा रहेको नेपाल र चीनबीचको निर्यात व्यापारमा फेरि समस्या उब्जिएको छ । पछिल्लो समय चीनबाट निर्यात हुने वस्तुमा सिन्धुपाल्चोकका व्यापारीको एकाधिकार रहेको अन्य व्यवसायीले गुनासो गरेका छन् ।

    सिन्धुपाल्चोकका व्यापारीले अन्य स्थानका व्यापारीलाई केरुङ र तातोपानी नाकाबाट प्रवेश नै नदिने गरी ‘माथि’ सेटिङ मिलाएको ती व्यवसायी बताउँछन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातका लागि भिसा लगाउन र पैसा पठाउनसमेत समस्या भएको बताए । सामान आयात गर्न जाने व्यक्ति सिन्धुपाल्चोककै हुनुपर्ने प्रावधानले समस्या भएको उनको गुनासो छ ।

    कटवालले भने, ‘चीततर्फको केरुङ र तातोपानी नाकामा सामान आयात गर्दा सिन्धुपाल्चोकका व्यापारीको सिन्डिकेट छ । उनीहरुले बाहेक अरुले चीनतर्फ प्रवेश नै नपाउने गरी सेटिङ मिलाइएको छ ।’

    सरकारले सो नाकामा सबै नेपालीलाई सहज प्रवेशको लागि पहल गर्नुपर्ने उनले बताए । यसका लागि परराष्ट्र मन्त्रलयसँग पनि आफूहरुले छलफल गरिरहेको उनले जानकारी दिए ।

    सिन्धुपाल्चोका व्यापारीले मात्रै सामान ल्याउन पाउने भएपछि पहिलेको तुलानामा अहिले कन्टेनरको भाडा दोब्बर भएको व्यवसायीहरुले बताएका छन् । सामान आयात गर्न जाँदा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियमले पनि व्यपारीहरुलाई समस्या पारेको छ ।

    भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले केरुङ र तातोपानी नाकामा समस्या आएको जानकारी नभएको बताए । उनले भने, ‘क्वारेन्टाइनको केही विषय होला, तर भन्सार विभागलाई अरु समस्याको बारेमा जानकारी छैन ।’

    चिनियाँ सामानको मूल्यवृद्धि

    कटुवालका अनुसार चीनबाट आयात भएर नेपाली बजारमा बिक्री हुने सामानको मूल्य बढिरहेकाे छ । सामान आयातमा जति समस्या भयो, त्यति नै धेरै खर्च बढ्ने र त्यो खर्चको मार उपभोक्तामा पर्ने उनी बताउँछन् ।

    चीनका नाकाबाट सामान आयातमा समस्या भए पनि बजारमा अभाव भने उत्पन्न नहुने व्यवसायी बताउँछन् । त्यही प्रकृतिका सामान भारतबाट आयात हुने भएकाले मूल्य बढी परे पनि अभाव नहुने उनीहरुको भनाइ छ ।

    चीनबाट लत्ताकपडा, जुत्ता चप्पल तथा विभिन्न प्रकारका कच्चा पदार्थ आयात हुने गरको छ । लकडाउनको समयमा पनि नेपाली व्यापारीहरुले चीनबाट ल्याएको करिब १५ सय कन्टेनर सामान नाकामा नै रोकिएको थियो । हाल त्यो सामान नेपाल आइसकेको छ ।

    न्युरोड, असन र सुन्धारालगातका व्यापारीले धेरैजसो चीनबाट आयात भएको सामान बिक्री गर्ने गरेका छन् । चीनमा उत्पादन भएको सामान सस्तो हुने भएकाले पनि नेपाली बजारमा माग धेरै छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.