सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखियो


  •    न्युजभित्तो/२५ चैत्र २०७७, बुधबार १९:१९ 
  • काठमाडौं,२५ चैत । नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखिएको छ ।

    अमेरिकी म्यागाजिन फोर्ब्सका अनुसार यस वर्ष विनोद चौधरीको सम्पत्तिको कुल मूल्यांकन एक अर्ब ४० करोड डलर छ । अघिल्लो वर्ष पनि त्यही नै थियो । सन् २०१९ मा चौधरीको सम्पत्ति एक अर्ब ७० करोड डलर थियो ।

    यद्यपि यस वर्ष अर्बपतिको सूचीमा चौधरी ६२८ स्थान तल झरेका छन् । मंगलबार सार्वजनिक गरिएको सूचीअनुसार उनी दुई हजार १४१ औं स्थानमा छन् । गत वर्ष चौधरी एक हजार ५१३ औं स्थानमा थिए ।

    फोर्ब्सले उल्लेख गरेअनुसार सीजी कम्पनी ग्लोबलका मालिक चौधरीसँग नबिल बैंक र वाईवाई चाउचाउ उत्पादक सीजी फुड्सको स्वामित्व छ । वाईवाईको कारखाना भारत, सर्बिया र बंगलादेशमा पनि छ भने इजिप्टमा निर्माणको क्रममा छ । चौधरी ग्रुपको १३५ वटा आफ्नै स्वामित्व रहेका तथा व्यवस्थापन गरिएका होटल सम्पत्ति छन् ।

    गत वर्ष फोर्ब्सको सूचीअनुसार ‘नेट वर्थ’ एक अर्ब डलरभन्दा धेरै हुने अर्बपतिको संख्या दुई हजार ९५ थियो । यस वर्ष अर्बपतिहरुको संख्या बढेर दुई हजार ७५५ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.