सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार ११:२५ 
  • काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवैधानिक कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीको व्यवस्था गरेको हो ।

    आइतबार नै राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बाणिज्य बैंक र विकास बैंकलाई निर्देशन दिइसकेको छ ।जसअनुसार राष्ट्र बैंकले अब अनलाइनबाट विदेशी वस्तु तथा सेवा खरिद गरी वार्षिक ५ सय अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था गरेको हो ।

    नेपाली बैंकमार्फत प्रिपेड कार्ड बनाएर सो बराबरको रकम खर्च गर्न पाइने राष्ट्र बैंकले जानकारी दिएको छ ।वाणिज्य बैंक र विकास बैंकलाई ५ सय अमेरिकी डलरसम्मको प्रिपेड कार्ड बनाएर जारी गर्न पाउने अधिकार दिएको हो । कार्डमार्फत मात्रै वस्तु तथा सेवा खरिदको भुक्तानी हुँदै आएकोमा केन्द्रीय बैंकले नेपालबाटै वैधानिक रुपमा खर्च गर्न पाइने व्यवस्था मिलाएको हो ।

    ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५ सय वा सो बरावरको अपरिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सकिनेछ ।

    अपरिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रूपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिने राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए ।

    अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली नहुँदा गेमिङ, शुल्क लाग्ने एप, अमेजन प्राइम तथा नेटफ्लिक्स, अन्तर्राष्ट्रिय ई–कमर्सको सेवा र त्यसको भुक्तानी असहज हुँदै आएको छ । सोही असहज हटाउन अनलाइन भुक्तानी खुला गरिएको हो ।

    यदि कसैले डलर खर्च गरेर आइफोन किनेको छ अथवा आफ्ना बच्चाका लागि लर्निङ एप डाउनलोड गरेको छ भने सो रकमको भुक्तानी गर्न कहाँ जाने अन्यौल थियो । राष्ट्र बैंकले वर्षभरिमा पाँच सय डलरसम्म खर्च गर्ने छुट दिएसँगै त्यस्ता कारोबार बैङ्किङ च्यानलमार्फत हुनेछ ।

    डिजिटल कारोबारमा बैकिङ क्षेत्र अगाडि

    सरकारले नीति तथा कार्यक्रममा २ वर्षभित्र सम्पूर्ण कारोबार डिजिटल गर्ने लक्ष्य लिएको छ । ७० प्रतिशत भन्दा बढी सरकारी कारोबार डिजिटल मार्फत हुन थालेको सरकारी दाबी छ । सरकार नगदरहित अर्थतन्त्रमा जाने लक्ष्य लिएर अगाडि बढेको भनिएको छ ।

    अहिले नेपालमा डिजिटल कारोबारमा बैङ्किङ क्षेत्र अगाडि देखिन्छन् । अन्य क्षेत्रले पनि डिजिटल कारोबारमा जोड दिन थालेका छन् । कोरोना महामारीले भौतिक उपस्थिति निषेध भएपछि डिजिटल कारोबार फस्टाउन थालेको छ । कोरोनाले डिजिटल कारोबारमा बानी बसालेको छ । रातोपाटी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
    पनौतीमा नगर अस्पताल सञ्चालन
    महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित
    • सम्झौदा म्याद सकिएको एक वर्षमा पनि बनेन पुल
    • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
    • विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
    • गैरकानुनी अभ्यास गर्ने अध्यागमनका दुई अधिकृतमाथि छानबिन जारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.