सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६८ हजारले लिए १ खर्ब १२ अर्ब सहुलियतपूर्ण ऋण


  •    न्युजभित्तो/४ चैत्र २०७७, बुधबार ११:०८ 
  • काठमाडौं, ४ चैत । एक महिनामा करिब ८ हजार व्यक्ति तथा व्यवसायीक फर्महरुले सहुलियत पूर्ण ऋण लिएका छन् । गत पुस महिनाको तुलनामा माघ महिनामा सुहिलय ऋण लिनेको संख्या ७ हजार ६ सय भन्दा धेरैले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

    केन्द्रीय बैंकले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६८ हजार २ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा लिएका छन् । हालसम्म १ खर्ब १२ अर्ब ३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा रहेको राष्ट्र बैंकले बताएको छ ।

    यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३५ हजार ८ सय १३ ऋणीलाई प्रवाह भएको ८२ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ३२ हजार ३ सय ९३ ऋणीको २९ अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानीमा रहेको छ ।

    राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भने माघ मसान्तमा ८२ अर्ब २९ करोड रुपैयाँ लगानीमा रहेको छ । गत पुस मसान्तमा यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ६९ अर्ब ९६ करोड रुपैयाँ लगानीमा रहेको थियो ।

    “पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गरिने पुनरकर्जाका लागि ३७ बैंक तथा वित्तीय संस्थाबाट ४५ अर्ब २५ करोड माग भई स्वीकृतिको प्रक्रियामा रहेको राष्ट्र बैंकले बताएको छ ।

    पुस मसान्तसम्म कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई प्रवाह भएको ७६ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी भएको थियो छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.