सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चालु खाता १ खर्बले घाटामा , विदेशी मुद्राको सञ्चिति भने बढ्यो


  •    न्युजभित्तो/३ चैत्र २०७७, मंगलवार १८:१३ 
  • काठमाडौं, ३ चैत। कोरोना पछि सुधार देखिएको चालु खाता पुनः घट्न थालेको छ । चालु आर्थिक वर्षको सात महिनामा चालु खाता १ खर्ब १ अर्ब ९० करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ६ अर्बले घाटामा रहेको चालु खाता यस वर्षको सात महिनामा पनि १ खर्ब रुपैयाँ भन्दा बढीले घाटामा देखिएको हो ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६ लाखले घाटामा रहेको चालु खाता यस अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ । गत माघ महिनामा शोधनान्तर स्थिति भने ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो ।चालु आवको पहिलो महिना साउनदेखि नै बचतमा गएको चालु खाता आर्थिक वर्षको पहिलो चौमास अर्थात कात्तिक मसान्तसम्ममा पनि बचतमै थियो । मंसिर मसान्तसम्म आइपुग्दा भने चालु खाता पुनः घाटामा गएको थियो । देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर चालु खाता हो । विदेशी मुद्रा धेरै भित्रने र कम बाहिरिने भयो भने बचतमा रहन्छ । यस विपरीत कम भित्रने र धेरै बाहिरिए घाटामा जान्छ ।

    निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति र संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश चालु खाता सन्तुलन हो । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको बुझिन्छ ।

    निर्यात, प्रत्यक्ष वैदेशिक लगानी, रेमिटेन्स आदीका रुपमा विदेशी मुद्रा भित्रिरहेको हुन्छ । त्यस्तै, पेट्रोलियम पदार्थ, यातायातका साधन, औद्योगिक सामग्री आदीको आयातमा विदेशी मुद्रा बाहिरीरहेको हुन्छ ।

    विदेशी मुद्राको सञ्चिति

    उता विदेशी मुद्राको सञ्चिितमा भने सुधार हुने क्रम जारी नै छ । कुल विदेशी विनिमय सञ्चिति ४।३ प्रतिशतले वृद्धि भई २०७७ माघ मसान्तमा १४ खर्ब ६२ अर्ब ३ करोड पुगेको छ । २०७७ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको थियो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा ८।० प्रतिशतले वृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु।१२२६ अर्ब १२ करोड रहेकोमा २०७७ माघ मसान्तमा ५।० प्रतिशतले वृद्धि भई रु।१२८७ अर्ब ५० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु।१७५ अर्ब ७१ करोड रहेकोमा २०७७ माघ मसान्तमा ०।७ प्रतिशतले कमी आई रु।१७४ अर्ब ५३ करोड कायम भएको छ । २०७७ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।८ प्रतिशत रहेको छ ।

    आर्थिक वर्ष २०७७र७८ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३।१ महिनाको वस्तु आयात र ११।९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.