सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि


  •    न्युजभित्तो/३ चैत्र २०७७, मंगलवार १७:५८ 
  • काठमाडौं,३ चैत। मंगलबार ५ वटा कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि भएाको छ । यो दिन जोशी हाइड्रोपावर कम्पनी लिमिटेड, चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीन लाईफ हाइड्रोपावर र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।
    पाँच वटा कम्पनीमध्ये सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९ दशमलव ९८ प्रतिशत,जोशी हाइड्रोपावरको ९ दशमलव ९२ प्रतिशत, घलेम्दी हाइड्रोपावरको ९ दशमलव ८३ प्रतिशत, ग्रीन लाइफ हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ७० प्रतिशत र खानी खोला हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ४० प्रतिशतले वृद्धि भएको हो ।

    पाँच वटा कम्पनीमध्ये होटल तथा पर्यटन समूहको चन्दागिरी हिल्स रहेको छ भने अरु चार वटा जलविद्युत् कम्पनी रहेका छन् । यो दिन कम शेयर मूल्य भएका हाइड्रोपावर कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।

    तर, आज समग्र कारोबार रकममा भने कमी आएको छ । गत कारोबार दिन ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज घटेर ३ अर्ब ३७ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको छ । २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता शेयर खरिद विक्री भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.