सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका चार सहकारी एकीकरण


  •    न्युजभित्तो/१३ फाल्गुन २०७७, बिहीबार १५:५२ 
  • चितवन, १३ फागुन । जिल्लाका चार सहकारी एकीकरण भएका छन् । दिपज्योति अभिवृद्धि, चित्रवन, हाम्रो माइती र मोडल बचत तथा ऋण सहकारी संस्था मिलेर हाम्रो चित्रवन नामक संस्था बनेको हो । भरतपुर महानगरपालिका–११ को दिपज्योति अभिवृद्धि, वडा नं ७ को चित्रवन, वडा नं १२ को हाम्रो माइती र वडा नं १० को मोडल एकीकरण भएर बनेको हाम्रो चित्रवनको भरतपुर महानगर र रत्ननगर नगरपालिका कार्यक्षेत्र भएको छ । यसैगरी इच्छाकामना गाउँपालिका–७ समेत कार्यक्षेत्रमा परेको छ ।

    हाम्रो चित्रवन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत उमेश पौडेलका अनुसार चार सहकारी एकीकरण भएसँगै यसको सदस्य सङ्ख्या १० हजार ४४ पुगेको छ । सदस्य दिनहुँ बढ्ने भन्दै उहाँले माघ मसान्तमा दिपज्योतिको तीन हजार ५६८, चित्रवनको पाँच हजार १५३, हाम्रो माइतीको ८१३ र मोडलको ५११ रहेको जानकारी दिनुभयो ।

    चार सहकारी एकीकरणपछि शेयर पूँजी रु १२ करोड, कूल पूँजी रु एक अर्ब २४ करोड पुगेको छ । एकीकरणपछि दिपज्योतिका पूर्व अध्यक्ष तेजेन्द्र खड्काको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति र तीन सदस्यीय लेखासमिति बनेको छ । एकीकरणसँगै दिपज्योतिको केन्द्रीय कार्यालय बनेको छ । संस्थाका अध्यक्ष खड्काले सदस्यको हिसाबले यो सहकारी जिल्लाकै सबैभन्दा ठूलो सहकारी बनेको बताउनुभयो । अन्य तीनवटा सहकारीलाई यसैमा एकीकरणका लागि अनौपचारिक कुराकानी भइरहेको उहाँको भनाइ छ ।

    पूँजीको हिसाबले पनि अग्रणी संस्थाको रुपमा विकास गर्न आफू लागिरहेको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यस संस्थालाई जिल्लाको अग्रणी संस्थाको रुपमा विकास गर्दैछौँ ।” एक पालिकाभन्दा बढी कार्यक्षेत्र भएको सहकारीको नियमन प्रदेश मन्त्रालयले गर्ने गर्दछ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वाग्मती प्रदेशबाट हाम्रो चित्रवनले एकीकरण अनुमति प्राप्त गरेको हो । खड्काको भनाइमा चैतबाट एकीकृत कारोवार गर्ने गरी काम अघि बढिरहेको छ ।

    भरतपुर महानगरपालिकाको शहरी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख रामबाबु पौडेलका अनुसार यहाँका १० सहकारीले एकीकरणका लागि अनुमति लिएका छन् । जिल्लामा ७५० हाराहारी बचत सहकारी रहेका छन् । महानगर अन्तर्गत ३४९ छन् । तीमध्ये ३३ वटा सहकारीको कार्यक्षेत्र एक भन्दा बढी पालिकामा रहेको छ । पछिल्लो समय सहकारी एकीकरण हुने क्रम बढ्दै गएको उहाँले जानकारी दिनुभयो । जिल्लामा रहेका युनिक र स्वर्णलक्ष्मीको कारोवार रु एक अर्ब भन्दा माथिको भएको पौडेलको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.