सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग


  •    न्युजभित्तो/१३ फाल्गुन २०७७, बिहीबार १५:५० 
  • चितवन, १३ फागुन । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ । गुरुकुलमको योग, ध्यान एवं साधना गर्ने भवन निर्माण सम्पन्न गर्न रु चार लाख सहयोग गरेको हो ।

    बैंकका भरतपुर शाखा प्रबन्धक पदमराज पौडेलले गुरुकुलमका कार्यवाहक अध्यक्ष शान्तप्रसाद पोख्ररेललाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । काठमाडौँको लाजिम्पाट निवासी बिमला मानन्धरले गुरुकुलमा छ क्विन्टल चामल, ६० किलो दाल र ३० लिटर तेल उपलब्ध गराउनु भएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

    प्रबन्धक पौडेलका अनुसार बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सङ्घ संस्थालाई सहयोग गर्दै आएको छ । गुरुकुलमको यो महत्वपूर्ण काममा बैंकले साथ दिएको उहाँले जानकारी दिनुभयो । सो गुरुकुलममा हाल ६० जना बालिका रहेका छन् । उनीहरूलाई संस्कृत पढाइँदै आएको छ । संस्थाका सदस्य सिर्जना अर्यालले यो गुरुकुल नेपालकै नमूना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “छोरीलाई संरक्षणसहित यस ढङ्गले शिक्षा दिएको यो नमूना गुरुकुल हो ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.