सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु


  •    न्युजभित्तो/१० फाल्गुन २०७७, सोमबार १३:३९ 
  • कञ्चनपुर, १० फागुन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ ।

    ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगरले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले जैविक विविधता संरक्षणँंगै जनावर र मानवबीचको द्वन्द्व समाधानका लागि वन मन्त्रालयले कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । निकुञ्जभित्रका पुरिँदै जान थालेका ताल तलैयाको संरक्षणसँगै बाटोलगायतको पूर्वाधार निर्माणका लागि मन्त्रालयले कार्य अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । नगर कोभिड–१९ को महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले बताउनुभयो ।

    पर्यटन प्रवद्र्धनसँगै यहाँका नागरिकको जनजीवनसँग समेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोड्नुपर्ने उहाँको भनाइ थियो । निकुञ्जमा ठूलो घाँसे मैदानसँगै स्तनधारी जीवजन्तु, थोरै क्षेत्रफलमा धेरै पाटे बाघको जनघनत्व, हात्ती, गैँडा, घस्रने जन्तु, उभयचर, माछा, पुतली र ४५० प्रजातिका चराहरु पाइन्छन । सबैभन्दा ठूलो बथानका रूपमा बाह्रसिङ्गाको झुण्ड निकुञ्जमा सहजै हेर्न सकिन्छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज नजिकै रहेका बासिन्दाको आफनै खाले संस्कृति, परम्परा र चालचलन रहेको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.