सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बीमा अभिकर्ताहरुको सशक्तिकरण अभियान


  •    न्युजभित्तो/१ फाल्गुन २०७७, शनिबार २०:२३ 
  • सुरेशकुमार अधिकारी ‘मित्र’
    भरतपुर, १ फागुन । जिल्लामा छरिएर रहेका अभिकर्ताहरुको एक भेला भरतपुरमा शुक्रबार सम्पन्न भयो । ‘सम्पूर्ण बीमा अभिकर्ताहरु एक होऔं’ भन्ने नाराका साथ विभिन्न जिल्लाहरुमा भईरहेको यस अभियानलाई सफल पार्न यहाँ भेलाको आयोजना गरिएको हो ।

    राष्ट्रिय मुद्दाको रुपमा रहेको माग सहितको व्यानर प्रस्तुतीकरण गरी कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा उल्लेखित मागहरुमा “राष्ट्रिय पूँजीबाट निर्माण गरियोस् पूर्वाधार, बीमाबाट संकलित रकमलाई बनाईयोस् मूल आधार”, समग्र बीमा क्षेत्रको दिगो विकास, बीमा अभिकर्तालाई उचित सुविधा नदिए हुँदैन निकास”, “सर्वसुलभ बीमा शुल्क लागू गर, समय सापेक्ष बोनस बृद्धि गर”, “नेपालीलाई सुहाउँदो बीमा योजना लागू गर ।”

    पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष नन्दप्रसाद तिवारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा संघका केन्द्रीय समिति उपाध्यक्ष तथा बीमक समिति अध्यक्ष राजेन्द्र अमात्य, संघका सचिव तथा बीमक समितिका प्रमुख सल्लाहकार रामकुमार बुढाथोकी, संघका केन्द्रीय सदस्य तथा बीमक समितिका सचिव महेश दत्तलगायत बिमित समितिका शाखा, उपशाखाका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्णले उक्त मागहरुप्रति ऐक्यबद्धता जनाउनु भएको थियो ।

    पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिति, नेपाल लाईफ इन्सुरेन्स कम्पनी लि केन्द्रीय सदस्य कल्पना पौडेलको अध्यक्षतामा भएको कार्यक्रम पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कं लि केन्द्रीय सचिव ऋषिराम भूसालले सञ्चालन गर्नुभएको थियो ।

    कार्यक्रममा संघ बीमक समिति केन्द्रीय उपाध्यक्ष अम्बिका प्रसाद तेलि, बीमक समिति केन्द्रीय सदस्यहरु तेजमणी प्रसाईं , तेज प्रसाद तिवारी , कमला जोशी , चन्द्रकला सुबेदी, सुर्यप्रसाद दाहाल पर्सा शाखा समिति अध्यक्ष दुर्गा भट्टराई, सौराहा शाखा समिति अध्यक्ष पार्वती भूसाल, कावासोती शाखा समिति अध्यक्ष कृष्ण रिमालले शुभकामना मन्तव्य राख्नु भएको थियो । यो कार्यक्रम देशव्यापी रुपमा हुने आयोजकले जनाएको छ ।

    देश भरीका १७ स्थानमा बीमा अभिकर्ता सशक्तिकरण अभियान २०७७ शुरु गर्न लागिएको हो । माघको २७ गते बिरगंजबाट संघका केन्द्रीय अध्यक्ष नन्दप्रसाद तिवारीले शुभारम्भ गर्नु भै चैत्र १० गते काठमाडौंमा समापन हुने सो कार्यक्रममा एक लाख भन्दा बढी अभिकर्ता सहभागी हुने सचिव भुषालले जानकारी दिनुभयो ।

    कार्यक्रम फागुन फागुन ७ गते बिर्तामोड, ८ गते इटहरी, ९ गते लाहान, १० गते जनकपुर, २१ गते आँबुखैरहनी, २२ गते पोखरा, २२ गते बुटवल, २६ गते दाङ, २७ गते कोहलपुर र २८ गते अत्तरियामा हुनेछ । यसैगरी चैत २ गते नुवाकोट, ५ गते खुर्काेट, ६ गते बनेपा र १० गते काठमाण्डौंमा हुने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.