सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालिका पावरको ११ करोड बढी आम्दानी, अर्काेवर्ष बोनश दिने


  •    न्युजभित्तो/३० माघ २०७७, शुक्रबार १७:०४ 
  • चितवन, ३० माघ । कालिका पावर कम्पनीले हालसम्म रु.११ करोड बढी आम्दानी गर्न सफल भएको छ । कम्पनीले विद्युत बिक्रीबाट उक्त रकम आम्दानी गरेको हो । कम्पनीको आज यहाँ सम्पन्न १३ औं साधारण सभामा हालसम्म विद्युत बिक्री गरेर रु.११ करोड २७ लाख ७३ हजार ३ सय ३६ आम्दानी गरेको जानकारी दिईएको हो । चालु आर्थिक वर्षको पुससम्ममा रु. ५ करोड ३६ लाख कमाएको छ । कम्पनीका सञ्चालक पदम गुरुङले कम्पनीको वित्तिय अवस्थामा सुधार आएको बताउनुभयो । उहाँका अनुसार प्रतिशेयरमा ९१ दशलमव ४६ प्रतिशतले वृद्धि भएको छ ।

    विगतको तुलनामा ३ दशलमव १५ प्रतिशत बढी विद्युत बिक्री गरेर आम्दानी गरेको छ । बि.सं. २०६४ साल फागुन २४ गते दरौदी कालिका हाइड्रो प्रालिका रुपमा दर्ता भएको संस्था बि.सं. २०७२ साल असोजदेखि पव्लिक कम्पनीमा परिणत भएको थियो । पव्लिक कम्पनीमा परिणतपछि कालिका पावर कम्पनी लिमिटेडका रुपमा काम तथा कारोबार गर्दै आइरहेको छ ।

    कम्पनीले गोरखाको अजिरकोट गाउँपालिकाको मुच्चोक, सौरपानीमा दरौदी खोलाबाट २०७३ सालदेखि ६ मेगावट विद्युतको व्यापारिक रुपमा उत्पादन गर्दै आएको छ । कालिका पावरले छिटै ४ वटा जलविद्युत आयोजनामा लगानी गर्ने गरी अध्ययन अगाडी बढाएको छ ।

    कम्पनीका अध्यक्ष तथा प्रवन्ध सञ्चालक, पूर्वमन्त्री विक्रम पाण्डेले कालिका पावर देशकै ठूलो जलविद्युत कम्पनीका रुपमा स्थापित गरिने बताउनुभयो । उहाँले भन्नुभयो “चार वटा परियोजना पाइपलाइनमा छन्, तर अनेक हत्कण्डाले गर्दा काम गर्नै दिइएको छैन ।” उर्जा क्षेत्रमा हुने लगानीले देशकै अर्थतन्त्रमा सघाउने भएकाले जलविद्युत कम्पनीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सरकार अग्रसर बन्नुपर्ने उहाँले बताउनुभयो ।

    कम्पनीका सञ्चालक गुरुङले हाइड्रोपावरमा हुने लगानी दीर्घकालिन भएकाले तुरुन्तै प्रतिफल खोज्नुभन्दा भविष्यमा पाइने राम्रो प्रतिफलको प्रतीक्षा गर्नुपर्ने बताउनुभयो । सेयर मार्केटमा हाइड्रोवारको आकर्षण राम्रो भएकाले शेयर लगानी गर्ने बढेको बताउनुभयो । अर्को वर्षदेखि कालिका पावर कम्पनीले शेयरधनीलाई बोनस दिनसक्ने अवस्थामा पुग्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.