सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तर सञ्चार माध्यम हाजिरीजवाफ प्रतियोगितामा रेडियो त्रिवेणी पहिलो


  •    /२० जेष्ठ २०७६, सोमबार २३:२० 
  • चितवन । नारायणगढ जेसीजले आयोजना गरेको अन्तर सञ्चार माध्यम हाजिरीजवाफ प्रतियोगितामा रेडियो त्रिवेणी १००.६ मेगाहर्ज पहिलो भएको छ । सोमबार भएको उक्त प्रतियोगितामा रेडियो त्रिवेणीबाट हेमराज रिमाल र प्रतिमा तामाङ सहभागी टीम पहिलो हुन सफल भएको हो ।

    प्रतियोगितामा नमस्ते टेलिभिजनबाट सहभागी रबि अधिकारी र विनोद खरालको टीम दोस्रो र कायाकैरन दैनिकबाट सहभागी हरि पौडेल र बिजय विश्वकर्माको टीम तेस्रो भएको छ । भरतपुर–११, जागृतीचोकस्थित धावन रिक्रियशनमा भएको कार्यक्रममा आठ टीम सहभागी रहेका कार्यक्रम संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिनुभयो । पहिलो, दोस्रो र तेस्रो हुने टीमलाई नगदसहित प्रमाणपत्र तथा सहभागी सबै टीमलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

    नेपाल जेसीज क्षेत्र ‘ख’का कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भूषाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी र महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा बिशिष्ट अतिथि रहनु भएको थियो । उहाँहरुले सञ्चारकर्मी र जेसीज अभियन्ताहरुको मुख्य उद्धेश्य समृद्ध समाज निर्माण गर्नु भएकोले एकआपसमा सहकार्यको आवश्यकता औँल्याउनुभयो । जेसीजले आयोजना गर्ने यस प्रकारका प्रतियोगिताले सञ्चारकर्मीलाई आफ्नो ज्ञान अभिवृद्धि गर्न एवम् आफ्नो क्षेत्रमा प्रतिष्पर्धी भइरहन मद्दत पुग्ने उहाँहरुको भनाई थियो ।

    कार्यक्रममा नारायणगढ जेसीजका पूर्व अध्यक्ष सिनेटर सुदीप सिंह अधिकारी, पूर्व अध्यक्ष एवम् नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, प्रेस संगठनका केन्द्रिय सदस्य शालिग्राम नेपाल, प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपाल, पे्रस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतको उपस्थिति रहेको थियो ।  नारायणगढ जेसीज वर्ष २०१९का अध्यक्ष विकासमान श्रेष्ठको अध्यक्षतामा भएको अन्तर सञ्चार माध्यम हाजिरीजवाफ प्रतियोगिता अनोज जोशीले सञ्चालन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.