सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ऊर्जा नै समृद्धिको आधार’: मन्त्री रायमाझी


  •    न्युजभित्तो/२५ माघ २०७७, आईतवार १३:१६ 
  • पोखरा, २५ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही वर्षमा ऊर्जा निर्यातबाट मुलुकलाई समृद्धिउन्मुख बनाउन सकिने बताउनुभयो ।

    “हाइड्रो इनर्जी र सौर्य इनर्जीमार्फत अगाडि बढ्नुको विकल्प छैन, छिमेकी भारत, चीन र बङ्गलादेशलाई ऊर्जा बेच्ने गरी उत्पादन गर्नुपर्दछ”, मन्त्री रायमाझीले भन्नुभयो, “स्वदेशमा इनर्जी खपत बढाउने गरी उद्योगधन्दा सञ्चालन गर्ने र बाँकी बिजुली छिमेकीलाई बेच्नुपर्दछ ।” उहाँले अब झोलामा खोला हालेर हिँड्नेहरुको दिन सकिएको र ऊर्जा उत्पादन बढाउन द्रुतस्तरमा काम भइरहेको जानकारी दिनुभयो ।

    उहाँले मुलुकको एजेण्डा दिगो विकास र समृद्धि भएको जनाउँदै तत्कालीन समयमा १८ घण्टे लोडसेडिङ अन्त्य गर्न ९९ बुँदे मास्टर प्लान बनाएर अघि बढेपछि लोडसेडिङ अन्त्य हुन सफल भएको उहाँको भनाइ थियो । उहाँले आफू पहिलोचोटी ऊर्जामन्त्री हुँदा पनि देशमा भूकम्प नाकाबन्दीका कठोर दिनको सामाना गरेको स्मरण गर्दै अहिले दोस्रोपल्ट पनि कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेको बताउनुभयो । “समय कठिन छ अप्ठ्यारोमा पारेर छाडेको अवस्थामा मन्त्रालय सम्हालेको छु, मुलुकलाई गति दिने गरी काम गर्छु ।”

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले नेपाललाई अग्र्यानिक राष्ट्र बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सौर्य ऊर्जा पनि महत्वपूर्ण हुने बताउनुभयो । राष्ट्रिय विद्युत् प्रसारणमा सौर्य ऊर्जाको १० प्रतिशतभन्दा बढी योगदान रहने भएकाले व्यसायीलाई त्यसतर्फ योजनाबद्ध लाग्नुपर्नेमा उहाँको सुझाव थियो ।

    मन्त्रालयका सचिव दिनेश घिमिरेले ९९ बँुदे श्वेतपत्रले मुलुकमा लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै बदलिँदो परिवेशअनुसार त्यसलाई परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी निर्देशक मधुसुदन अधिकारीले सौर्य ऊर्जाको क्षेत्र व्यापक भएको र कतिपय नीतिगत अप्ठ्यारोले काम गर्न कठिनाइ भएको बताउनुभयो । उहाँले ऐन बनाएर नै वैकल्पिक ऊर्जाको प्रवद्र्धनका लागि काम अगाडि बढाइएको समेत जानकारी दिनुभयो ।

    सौर्य विद्युुत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले दुर्गम स्थानका जनतालाई उज्यालो दिन सौर्य व्यवसायीले महत्वपूर्ण योगदान रहेको जनाउँदै राज्यले नीतिगत सहजतामार्फत समस्याको सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घलाई विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्रले सम्मान गरिएको सङ्घका महासचिव भरतकुमार मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार साधारणसभामा देशभरका ६० जना सौर्य उत्पादक व्यवसायीको सहभागिता थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.