सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्युत् विकासमा नयाँ आयाम


  •    न्युजभित्तो/२५ माघ २०७७, आईतवार ०७:५० 
  • पर्वत, २५ माघ। कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको कुस्मामा र म्याग्दीको दानामा रहेको सबस्टेसन र उक्त दुई सबस्टेसनलाई जोड्ने ३९.६० किलोमिटर लामो २२० केभी प्रसारण लाइन तयार भएपछि विद्युत् विकासमा नयाँ आयाम थपिएको छ ।
    मुलुककै दोस्रो ठूलो उक्त सबस्टेसनको बिहीबार मात्र उद्घाटन गरिएको हो ।

    अब उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा लैजान सजिलो भएको छ भने नयाँ उत्पादनका लागि लगानी आकर्षण गर्न पनि सहज हुने भएको छ । आयोजनाका अनुसार कालीगण्डकी प्रसारण लाइनको दाना कुस्मा खण्ड र कुस्मा तल्लो मोदी १३२ केभी प्रसारण लाइन सम्पन्न भएकाले कालीगण्डकी नदी बेसिनबाट अहिले उत्पादन भइरहेको र पछि उत्पादन हुने बिजुली प्रसारण गर्न सहज हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको विश्वास छ ।

    कालीगण्डकी बेसिनअन्तर्गत हाल थापाखोला जलविद्युत् आयोजनाबाट १३.६ मेगावाट, घलेम्दी हाइड्रोबाट पाँच मेगावाट, मिस्ट्रिखोला जलविद्युत् आयोजनाबाट ४२ मेगावाट बिजुली उक्त प्रसारण लाइनमा आबद्ध गरिएको छ । यसले निजी उत्पादकलाई निकै सहज भएको शाक्य बताउनुहुन्छ । हाल उत्पादनको निर्माणाधीन ७० मेगावाट क्षमताको नीलगिरि–१, ४० मेगावाटको नीलगिरि–२, छ मेगावाटको रेलेखोला र कालीगण्डकी गर्जलगायतका आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न पनि यो लाइन प्रयोग हुनेछ ।

    कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत कुस्मा न्यु बुटवल खण्डअन्तर्गत पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासीको बडेरामा निर्माणाधीन २२० केभी सबस्टेसन जोडिने छ । दाना र खुर्कोट सबस्टेसन जोड्न ११० वटा टावर निर्माण भइसकेको छ भने थप चारवटा टावर निर्माणपछि रघुगङ्गा जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली पनि सोही प्रसारण लाइनमा जोड्न सकिने उहाँको भनाइ छ । उक्त आयोजना एसियाली विकास बैङ्कको ऋण सहयोगमा तयार भएको हो ।

    यो आयोजना निर्माणका लागि दुई अर्ब ७४ करोड आठ लाख २० हजार ३७७ रुपियाँमा जेभी अफ टाटा प्राजेक्ट लिमिटेड र चिन्ट इलेक्ट्रिक कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । यो आयोजनाको म्याग्दी दाना सबस्टेसन निर्माणका लागि करिब १०७ रोपनी, म्याग्दी टावर निर्माणका लागि ८० रोपनी, पर्वत कुस्मा सबस्टेसनका लागि करिब १७७ रोपनी र म्याग्दी टावर निर्माणका लागि ८५ रोपनी जग्गा अधिग्रहण गरिएको आयोजनाले जानकारी दिएको छ ।

    म्याग्दी पर्वतमा गरी ५१ रोपनी वन क्षेत्र प्रयोग भएको छ । जग्गा अधिग्रहण, घर संरचना बालीनाली जग्गाको क्षतिपूर्ति सट्टा भर्ना जग्गासमेत गरी कुल ४८ करोड छ लाख २७ हजार रुपियाँभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ । त्यस्तै आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत सम्बन्धित गाउँपालिका र वातावरण विभागमार्फत २३ करोड दुई लाख रुपियाँ खर्च भएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.