उवासंघ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूह विजयी, अध्यक्षमा श्रेष्ठ
न्युजभित्तो/२० माघ २०७७, मंगलवार १०:०५
चितवन, २० माघ । उद्योग बाणिज्य संघ खैरहनीको अध्यक्षमा हिरा श्रेष्ठ विजयी हुनुभएको छ । आज मंगलबार बिहान आएको अन्तिम मतपरिणाममा आफ्नो प्रतिद्वन्द्वीलाई फराकिको मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्ष पदमा विजयी हुनु भएको हो । श्रेष्ठले ७९९ मत ल्याएर विजयी हुँदा उहाँको प्रतिस्पर्धी शेषकुमारी ओली सडौलाले ४७६ मत मात्रै ल्याउनुभयो । निर्वाचनमा नेकपा निकट व्यवसायिको प्रगतिशील समूह र नेपाली कांग्रेस निकट व्यवसायिको लोकतान्त्रिक समूहले प्यानल बनाएका थिए । निर्वाचित १६ जनामध्ये २ जना मात्र प्रगतिशील समूहका विजयी हुनुभएको छ ।
संघको वाणिज्यतर्फ सदस्यहरुमा बिक्रम खड्का, कुमार खनाल, बिनोद अर्याल, केदारनाथ बर्तौला, क्षेत्रबहादुर रावल, प्रशान्त अधिकारी, अनिल श्रेष्ठ, अर्जुन लम्साल र लक्ष्मण निरौला विजयी हुनु भएको छ । लम्साल र निरौला प्रगतिशील समूहका हुनुहुन्छ। उद्योगतर्फ जगत बहादुर पाण्डे, शंकर कंडेल, किरण बुर्लाकोटी, कृष्ण बहादुर श्रेष्ठ, अनुप अधिकारी र बिक्रम चौधरी विजयी हुनु भएको छ । नेकपाको फुटको असर उद्योग वाणिज्य संघको निर्वाचनमा पनि देखिएको बताईएको छ ।