सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटको त्रिकोणात्मक पुलका लागि बजेट अभाव


  •    न्युजभित्तो/२० माघ २०७७, मंगलवार ०९:४२ 
  • चितवन, २० माघ । पवित्र तीर्थस्थल देवघाटमा निर्माणाधीन त्रिकोणात्मक पुलका लागि बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ ।

    डिभिजनका आयोजना प्रमुख ई कुमार थापाले पुल निर्माणका लागि रु ८३ करोड हाराहारी खर्च हुने जानकारी दिनुभयो । उहाँका अनुसार डिभिजनले परामर्शदाता कम्पनीमार्फत नक्शाङ्कनको काम सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पु-याएको छ । उहाँले भन्नुभयो, “हाम्रो थोरै लागतका पुल बनाएको कार्यालयले यति ठूलो बजेट आएपछि निर्णय लिन सकेका छैनौँ ।” अर्थमन्त्रालयसँग परामर्श गरेर बजेट सुनिश्चितता भएपछि मात्रै काम अगाडि बढाउने उहाँको भनाइ छ । डिभिजनले पुल निर्माणलाई आफ्नो कार्यक्रमा समावेश गरेको छ ।

    अर्थले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरुमा नै बोलपत्र आह्वान गर्न सकिने उहाँको भनाइ छ । यस कार्यालयले झोलुङ्गे पुलको काम गर्दै आएको छ । डिभिजनका सिनियर डिभिजनल इञ्जिनीयर हुमाकान्त मिश्रका अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फ लम्बाइ १९०÷१९० मिटर छ । तीनैतर्फको जोडेर पुलको कूल लम्बाइ ५७० मिटर हुनेछ । चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ भने पुलले चितवन, नवलपरासी र तनहुँलाई जोड्दछ । पुल २।४ मिटर फराकिलो हुन्छ । उहाँले अहिले प्रचलनमा भइरहेका झोलुङ्गे पुलभन्दा दोब्बर फराकिलो हुने जानकारी दिनुभयो । आकर्षक उच्चस्तरको स्टिलको प्रयोग गरेर आर्च पुल बनाउन लागिएको हो ।

    धार्मिक पर्यटक भित्र्याउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको परिकल्पना गरिएको थियो । चार वर्षअघि तत्कालीन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले समितिका तर्फबाट पुल निर्माणका लागि पहल थाल्नुभएको थियो । उहाँले भन्नुभयो, “हामी निरन्तर लागिरहेका छौँ, केही दिनमा काठमाडौँ गएर सम्बन्धित निकायमा अनुरोध गर्दैछौँ ।” यो पुल रकमका कारण रोक्न नहुने जनाउँदै उहाँले देवघाटलाई विश्वसामु चिनाउन पुल सार्थक हुने बताउनुभयो ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले पुल निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभयो । ठूलो रकम खर्च हुने भएकाले उच्चस्तरमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पुलको महत्वको बारेमा बुझाउने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ, छिट्टै पुल निर्माण अघि बढ्छ ।”

    देवघाट विश्वका हिन्दूहरुका लागि पवित्र तीर्थस्थल हो । देवघाटबाट बढी पर्यटक आउने सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्र पनि निकट रहेको छ । ती क्षेत्रमा आउने धार्मिक पर्यटकलाई देवघाट भित्र्याउनका लागि बन्न लागेको पुल सार्थक हुने अपेक्षा गरिएको छ । धार्मिक क्षेत्रमा आकर्षक पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.