प्रधानमन्त्री ओली चितवन आउने भएपछि वर्षाैदेखि अलपत्र वाइपास सडक धमाधम कालोपत्रे
न्युजभित्तो/१६ माघ २०७७, शुक्रबार १८:३३
चितवन, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार चितवन आउने भएपछि निकै लामो समयदेखि अलपत्र बनेको भरतपुर वाइपास सडकखण्डमा धमाधम कालोपत्रेको काम भैरहेको छ । चार बर्षमा दुई किलोमिटर सडक विस्तारको काम नसक्ने ठेकेदारलाई प्रधानमन्त्री आउने भएपछि सडक डिभिजन कार्यालय भरतपुरमार्फत दवाव परेको हो ।
ठेकेदारले बसपार्कचोकदेखि मालपोतचोकसम्मको सडक कालोपत्रको कामलाई तीव्रता दिएको छ । समयमा नै सडक विस्तारको काम नसकेको गौरी पार्वती निर्माण सेवालाई डिभिजन कार्यालयले पेनाल्टी (जरिवाना) तिराएर काम गराइरहेको छ । पटकपटक थपिएको म्याद पुस मसान्तमा सकिएपछि कार्यालयले सो कम्पनीलाई जरीवाना तिराएर सडकको काम लगाइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार ठेक्का सम्झौताको ०.०५ प्रतिशतदेखि १० प्रतिशतसम्म जरिवाना गराउने कानुनी व्यवस्था छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, मन्त्रालयका सचिव र सडक विभागका महानिर्देशकसमेत चितवन आउने कार्यक्रम छ । मन्त्रालयका सचिव र महानिर्देशक शुक्रवार नै चितवन आएका छन् । प्रधानमन्त्री ओलीले शनिवार बाईपास सडकसँग जोडिएको सिटीहल र गोन्द्राङ्ग नारायणगढ ६ लेन सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, र शहरी विकास मन्त्री प्रभु साह चितवन आउँदैछन् ।