सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा यस्तो बन्दैछ सिटीहल, भोलि प्रम ओलीले शिलन्यास गर्ने (तस्वीरहरुसहित)


  •    न्युजभित्तो/१६ माघ २०७७, शुक्रबार ०६:४० 
  • चितवन, १६ माघ । संघीय सरकारले भरतपुरमा अत्याधुनिक सिटीहल (सभागृह) निर्माण थालेको छ । देशको मध्यभागमा रहेर पनि ठूलो सभा समारोह आयोजना गर्न हलको अभाव भएपछि संघीय सरकारले सिटी हल निर्माण शुरु गरेको हो ।

    सिटी हलको यही माघ १७ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । शहरी विकास मन्त्रालयले आयोजना गरेको उक्त शिलन्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहभागी हुनुहुनेछ ।

    सिटीहल निर्माणका लागि संघीय सरकार अन्तर्गतको शहरी विकास डिभिजन कार्यालय चितवन र इण्डो सगुन रौताहा जेभी रुपन्देहीबीच सम्झौता भएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा बाइपास सडकसँग जोडिएको जिल्ला समवन्य समिति पछाडि रहेको चार विगाहा चार कठ्ठा जग्गामा सिटीहल निर्माण हुन लागेको हो ।

    मूल्य अभिवृद्धि करबाहेक बोलपत्र रकम रु एक अर्ब छ करोडको रहेकोमा रु ७७ करोड ७७ लाखमा निर्माण कम्पनीसँग सम्झौता भएको । सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार तीन सय क्षमताको कन्फरेन्स हल रहने छ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने छ । चारवटा भ¥याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उहाँले जानकारी दिनुभयो । सभागृहमा प्रशासनिक, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड, बगँैचा हुनेछ । सवारी पार्किङका लागि २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ स्थल रहने छ ।

    उच्चस्तरका निर्माण सामग्री र आधुनिक प्रविधिको प्रयोग गरी बनाउन लागिएको यो सिटीहल देशकै नमूना हुने अर्याल बताउनुहुन्छ । उहाँले भन्नुभयो “हालसम्म यति सुविधासम्पन्न र सुन्दर सिटीहल नेपालमा बनेको छैन ।”

    ठेकेदार कम्पनीका .व्यवस्थापक नहकुल खड्काले सिटीहलको जमिनमुनिको काम भईरहेको बताउनुभयो । उहाँले निर्माण स्थलमा नै ठूलो निर्माण उपकरणहरु जडान गरी कामलाई तीब्रता दिईएको जानकारी दिनुभयो । २७ महिनाभित्रमा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाईएको उहाँले बताउनुभयो ।

    सभागृह बनेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ठूलादेखि सानासम्मका कार्यक्रम सिटीहलमा गर्न सकिने छ । देशको मध्यभागमा रहेको र सबै ठाउँबाट यातायातको सहज पहुँच भएका कारण राजनीतिक दल, तिनका भातृ संस्था, विभिन्न संघ संस्था लगायतका कार्यक्रम गर्न यहाँ सहज हुने गर्दछ । उपयुक्त हलको अभावमा चाहेर पनि आयोजकले कार्यक्रम गर्न असहज हुँदै आएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.