सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका नौ व्यवसायिक प्रतिष्ठिानलाई कारवाही


  •    न्युजभित्तो/१४ माघ २०७७, बुधबार ०७:३६ 
  • चितवन, १४ माघ । चितवनको नारायणगढ बजारमा मूल्य सूची नराखेका र दर्ता कागजात नभएका नौ व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश, वडा प्रहरी कार्यालय नारायणगढको प्रतिनिधि सहितको टोलीले मंगलबार नारायणगढका व्यावसायिक प्रतिष्ठानमा अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा मूल्य सूची नराखिएका सातवटा व्यवसायीक प्रतिष्ठानलाई रु ५०/५० हजार र आवश्यक कागजपत्र देखाउन नसकेका दुई वटा संस्थालाई रु २०/२० हजार जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

    उहाँका अनुसार जरिवाना तोकिएका व्यवसायिक प्रतिष्ठानहरुमा भरतपुर महानगरपालिका वडा नम्बर ५ मा रहेको श्रेष्ठ कन्सर्न, वडा नम्बर २ मा रहेको नेशनल ट्रेड बिजनेश, ए एस ट्रेडस चुरा कस्मेटिक पसल रहेका छन् । यस्तै भरतपुर २ कै विनोद एण्ड डिला इम्पोरीयम, चितवन पर्दा हाउस, पलमी इन्जिनियरिङ इण्टरप्राईजेज र वडा नम्बर ३ मा रहेको गुप्ता धागो स्टोर्सले मूल्य सूचि नराखी व्यवसाय गरेको भेटिएपछि उनीहरुलाई रु ५०/५० हजार जरिवाना तोकिएको हो ।

    यस्तै व्यवसाय दर्ताको कागजपत्र नराखेको र मूल्य सूचि नराखेका भरतपुर महानगरपालिका वडा नम्बर १० को ओम साइराम प्लास्टिक सप्लायर्स र वडा नम्बर २ को एस .एच. ट्रेडर्सलाई रु २०/२० हजार जरिवाना तोकिएको छ । उनीहरुलाई संरक्षण कार्यालयले अनुगमनका क्रममानै जरिवाना तोकेको हो । एक साता भित्र जरिवाना बाणिज्य बैंकमा जम्मा गर्न निर्देशन समेत दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.