सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको विकास बजेट २१ प्रतिशत मात्र खर्च


  •    न्युजभित्तो/९ माघ २०७७, शुक्रबार १८:२९ 
  • चितवन, ९ पुस । जिल्लामा विकास निर्माणका लागि संघीय सरकारबाट विनियोजित बजेट अपेक्षाकृत रुपमा खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा विकासका लागि आएको बजेटको २१ दशमलब ५२ प्रतिशत मात्र खर्च भएको हो ।

    जिल्लाको विकासका लागि संघीय सरकारले पठाएको रु ५ अर्ब ४० करोड २२ लाख ७७ हजार मध्ये ६ महिनामा रु १ अर्ब १६ करोड २८ लाख ७१ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका सूचना अधिकारी शरदचन्द्र शर्मा भट्टराईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रदेश सरकारबाट बिनियोजित बजेट मध्ये विकास निर्माणका लागि निकासा भएको रकमको २० दशमलब ५५ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश सरकारले विकासका लागि बिनियोजन गरेको बजेट रु १ अर्ब ४८ करोड ८५ लाख १६ हजार मध्ये रु ३० करोड ५९ लाख २७ हजार मात्र खर्च भएको हो । कोरोना कहरका कारण विकास निर्माणमा केही ढिलाई भएको उहाँले बताउनुभयो । अहिलेको समय बोलपत्र आव्हान गर्ने र सम्झौता गर्ने समय भएकाले पनि पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको बताइएको छ ।

    कार्यालयका अनुसार जिल्लाबाट संघीय सरकारका लागि रु ७ अर्ब ८६ करोड ३७ लाख ९६ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारका लागि रु ४९ करोड ९३ लाख २६ हजार राजस्व संकलन भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.