सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन आँखा अस्पतालको नयाँ शाखा शुरु


  •    /१७ जेष्ठ २०७६, शुक्रबार १२:१९ 
  • चितवन । भरतपुरको अस्पताल रोडमा सञ्चालित चितवन आँखा अस्पतालले भरतपुर बाईपास रोडमा आफ्नो नयाँ शाखा सञ्चालन गरेको छ । चितवन आँखा अस्पतालले भरतपुर आँखा अस्पतालको नजिकै नयाँ शाखा शुरु गरेको हो ।

    अस्पतालका अध्यक्षसमेत रहेका बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा.डा. ऋषिकान्त अधिकारीले अत्याधुनिक उपकरण र उच्चस्तरीय प्रविधिसहित शाखा विस्तार गरिएको जानकारी गराउनुभयो । आज आयोजित पत्रकार सम्मेलनमा प्रा.डा. अधिकारीले चितवन आँखा अस्पतालले कम्प्युटर प्रविधिबाट आँखा जाँच, मोतियाबिन्दु तथा जलबिन्दुको शल्यक्रिया, आँखाको प्लाष्टिक तथा कस्मेटिक शल्यक्रिया, मासु पलाएको शल्यक्रिया, आँशु नलीको शल्यक्रिया गर्दै आएको जानकारी गराउनुभयो ।

    गत वर्ष चितवन आँखा अस्पतालमा झण्डै १७ हजार विरामीको आँखाको उपचार गरिएको अस्पतालका अध्यक्ष प्रा.डा. अधिकारीले बताउनुभयो । ‘मानिसहरुमा पहिलेको भन्दा आँखा सुरक्षाको सचेतता बढेको छ तर आँखाको समस्या पनि बढ्दै छ’ उहाँले भन्नुभयो– ‘मधुमेह, उच्च रक्तचाप जस्ता रोगले आँखाका विरामी पनि बढेका छन्, वातावरणीय प्रदुषणले पनि आँखाको समस्या बढेको छ ।’

    आँखाका नयाँ नयाँ रोगहरु पनि थपिदै गएका तर पहिलेजस्तो आँखा पाक्ने र आँखामा चोट लागेर आउनेको सङ्ख्या अहिले घटेको डा. अधिकारीले बताउनुयभो । ८४ वर्ष नाघेका तथा आर्थिक रुपमा विपन्नलाई निशुल्क सेवा दिइने पनि उहाँले बताउनुभयो ।

    चितवन आँखा अस्पतालका सञ्चालक प्रकाश पौडेलले सात वर्ष अघिदेखि सञ्चालन गरिएको यस अस्पतालमा विरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी आफ्नै भवनबाट अस्पतालको दोस्रो शाखा विस्तार गरिएको जानकारी दिनुभयो । नयाँ शाखाबाट जेठ महिनाभरि निशुल्क आँखा परीक्षण गरिने पनि उहाँले बताउनुभयो । पौडेलका अनुसार दुई करोड रुपैयाँ लगानी भएको चितवन आँखा अस्पतालको नयाँ शाखामा १३ जनाले रोगजारी पाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो
    निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
    विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
    • उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत
    • बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
    • दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
    • फोहरबाट रोजगारी र आम्दानी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.