सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेटको सही विनियोजन र खर्च क्षमता अभिवृद्धिमा जोड रहने छः दुगड


  •    न्युजभित्तो/६ माघ २०७७, मंगलवार १५:२९ 
  • काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले वित्तीय एवं आर्थिक संस्थाहरु प्रभावकारी बनाई मुलुकको आर्थिक गतिविधि चलायमान बनाइने बताउनुभएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा रहेको कक्षमा आज पदबहाली गर्दै उहाँले विभिन्न मन्त्रालय तथा संस्थाहरुसँग समन्वय र छलफल गर्दै आर्थिक समृद्धिका लागि प्रधानमन्त्रीलाई आफूले सिफारिश गर्ने जानकारी दिनुभयो । मुलुकमा लगानी अभिवृद्धि गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने तथा वर्तमान आर्थिक चुनौती सामना गर्ने कामका लागि आफूले सबैसँग सल्लाह एवं सुझाव लिने जानकारी पनि दिनुभयो ।

    “बजेटको सही विनियोजन, खर्च क्षमता अभिवृद्धि गर्दै फ्रिज हुन नदिनेतर्फ मेरो जोड रहने छ”, रासससँग कुरा गर्दै उहाँले भन्नुभयो । पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगड आइतबार मन्त्रीसरहको सो पदमा नियुक्त हुनुभएको हो । नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा आबद्ध दुगड यसअघि प्रतिनिधिसभाका सदस्य तथा वर्तमान ओली नेतृत्वकै सरकारमा राज्यमन्त्री हुनुहुन्थ्यो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.