सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रंगशालामा डोजर प्रकरण : सर्वत्र निन्दा


  •    /१६ जेष्ठ २०७६, बिहीबार १९:३० 
  • चितवन । क्रिकेट रंगशालामा डोजर लगाइएको घटनाप्रति चितवनका राजनीतिक दल, जनप्रतिनिधि लगायत सम्बद्ध संघ संस्थाले भत्र्सना गरेका छन् । उक्त घटनामा संलग्न दोषीलाई कारवाही गर्न सबैले माग गरेका छन् ।

    भरतपुर महानगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर– १५ मा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुले गरेको तोडफोड र डोजर लगाएर सार्वजनिक सम्पत्ति क्षति पु¥याउने कार्य गरिएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

    ‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु । महानगरको तर्फबाट यस गैह्रकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारबाही र क्षतिको एकिन गरी विगोबमोजिम क्षतिपूर्ति भराउने कार्यका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।
    दाहालले जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यलाई निरन्तरता दिन धुर्मुस–सुन्तली फाउन्डेसनलाई अनुरोध गर्नुभएको छ । साथै उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वासका साथ प्रतिबद्धता समेत व्यक्त गर्न चाहेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

    यसैगरी नेपाली काँग्रेस जिल्ला कार्य समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही अराजक र उदण्ड समूहले भत्काई निर्माण कार्यमा अवरोध गरेको घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले बिहीबार विज्ञप्ति जारी गर्दै रंगशालाको बार भत्काउनेलाई कानुनी कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

    यस्तै चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गर्नुभएको छ ।

    यस्तै चितवनका अन्य पार्टीहरुले पनि घटनाको भत्र्सना गरेका छन् । सामाजिक सञ्जालमा पनि देश विदेशबाट विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उक्त घटनाको तीव्र विरोध गर्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गेरका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.