चितवन । क्रिकेट रंगशालामा डोजर लगाइएको घटनाप्रति चितवनका राजनीतिक दल, जनप्रतिनिधि लगायत सम्बद्ध संघ संस्थाले भत्र्सना गरेका छन् । उक्त घटनामा संलग्न दोषीलाई कारवाही गर्न सबैले माग गरेका छन् ।
भरतपुर महानगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर– १५ मा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुले गरेको तोडफोड र डोजर लगाएर सार्वजनिक सम्पत्ति क्षति पु¥याउने कार्य गरिएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु । महानगरको तर्फबाट यस गैह्रकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारबाही र क्षतिको एकिन गरी विगोबमोजिम क्षतिपूर्ति भराउने कार्यका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ । दाहालले जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यलाई निरन्तरता दिन धुर्मुस–सुन्तली फाउन्डेसनलाई अनुरोध गर्नुभएको छ । साथै उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वासका साथ प्रतिबद्धता समेत व्यक्त गर्न चाहेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
यसैगरी नेपाली काँग्रेस जिल्ला कार्य समिति चितवनका सभापति जीतनारायण श्रेष्ठले गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला केही अराजक र उदण्ड समूहले भत्काई निर्माण कार्यमा अवरोध गरेको घटनाका सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले बिहीबार विज्ञप्ति जारी गर्दै रंगशालाको बार भत्काउनेलाई कानुनी कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
यस्तै चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गर्नुभएको छ ।
यस्तै चितवनका अन्य पार्टीहरुले पनि घटनाको भत्र्सना गरेका छन् । सामाजिक सञ्जालमा पनि देश विदेशबाट विभिन्न संघ संस्था तथा व्यक्तिहरुले उक्त घटनाको तीव्र विरोध गर्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गेरका छन् ।
चितवन । क्रिकेट रंगशालामा डोजर लगाइएको घटनाप्रति चितवनका राजनीतिक दल, जनप्रतिनिधि लगायत सम्बद्ध संघ संस्थाले भत्र्सना गरेका छन् । उक्त घटनामा संलग्न दोषीलाई कारवाही गर्न सबैले माग गरेका छन् ।
भरतपुर महानगरपालिकाले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर– १५ मा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिहरुले गरेको तोडफोड र डोजर लगाएर सार्वजनिक सम्पत्ति क्षति पु¥याउने कार्य गरिएकोमा उक्त आपराधिक कार्यप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
‘सुनियोजित रुपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्न चाहन्छु । महानगरको तर्फबाट यस गैह्रकानुनी कार्यमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारबाही र क्षतिको एकिन गरी विगोबमोजिम क्षतिपूर्ति भराउने कार्यका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।
दाहालले जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यलाई निरन्तरता दिन धुर्मुस–सुन्तली फाउन्डेसनलाई अनुरोध गर्नुभएको छ । साथै उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सबै पक्षबाट पूर्ण सहयोग हुने विश्वासका साथ प्रतिबद्धता समेत व्यक्त गर्न चाहेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।