वाईपास सडक निर्माण गर्ने गौरी पार्वती निर्माण सेवालाई ‘पेनाल्टी’
न्युजभित्तो/२ माघ २०७७, शुक्रबार १८:४७
भरतपुर, २ माघ । भरतपुरको वाईपास सडक निर्माण ठेक्का पाएको गौरी पार्वती निर्माण सेवालाई पेनाल्टी (जरिवाना) हुने भएको छ । निर्माण सम्पन्न गर्ने मिति पटक पटक थप गर्दा पनि निर्माण कार्य सम्पन्न गर्न नसकेपछि उक्त कम्पनीलाई जरिवाना हुने भएको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार अन्तिम पटक थप गरिएको मिति पुस मसान्तमा सम्पन्न भएको छ । अब उक्त कम्पनीले ठेक्का रकमको ०.०५ प्रतिशतदेखि १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । अधिकारीले भन्नुभयो “मिति सक्किएपछि काम गर्न उसैले पाउँछ तर, जरिवाना पनि हुन्छ ।” अधिकारीका अनुसार उसलाई अब काम गर्ने समयका आधारमा जरिवाना निर्धारण गरिने छ ।
कोरोना भाइरस र लकडाउनका कारण काम प्रभावित भएको भन्दै पछिल्लो पटक पौष मसान्तसम्म म्याद थप गरिएको थियो । तर उक्त कम्पनीले अहिलेसम्म जम्मा ८० प्रतिशत मात्र काम सम्पन्न गरेको छ । कार्यालय प्रमुख अधिकारीले अब मिति थप नहुने जानकारी दिनुभयो । ठेक्का सम्झौता रकम अनुसार ठेकेदार कम्पनीलाई जरिवाना हुने उहाँको भनाई थियो । जस अनुसार ठेकेदार कम्पनीलाई १ करोड २० लाखसम्म जरिवाना हुन सक्ने उहाँले जानकारी दिनुभयो ।
तर निर्माण कम्पनीले मिति सक्किए पनि जरिवाना तिरेर अधिकतम २ सय दिनसम्म काम गर्न पाउँछ । उक्त अवधिमा पनि काम सम्पन्न नभए ठेक्का सम्झौता रद्ध हुने कानुनी व्यवस्था छ । अधिकारीका अनुसार निर्माण कम्पनीको काम रोकिंदैन तर जरिवाना तिर्दै कामलाई निरन्तरता दिन पाउँछ ।
अबको दिनमा काम सम्पन्न गर्ने दिनलाई आधार मानेर जरिवाना कायम हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “काम जति ढिलो हुन्छ, जरिवाना त्यति नै बढ्दै जान्छ ।”
२०७३ चैत्र ९ गतेदेखी शुरु भएको सडक बिस्तारको काम २०७४ चैत्र १८ गतेसम्म सम्पन्न भईसक्नु पर्ने थियो । १५ महिनामा सक्नुपर्ने काम ४ वर्ष पुगिसक्दा पनि अझै पूरा हुन सकेको छैन । यस अवधिमा पाँच पटकसम्म म्याद थप भइसकेको कार्यालयले जनाएको छ ।
उक्त सडक विस्तारका लागि गौरी पार्वती निर्माण सेवा कम्पनीसँग १२ करोड ८१ लाख ८२ हजार रूपैयाँमा सम्झौता भएको थियो । ठेकेदारको चरम लापरबाहीले काम सम्पन्न गर्न ढिलाई भएको भन्दै चौतर्फी गुनासो भएपछि निर्माण कम्पनीले आलटार गर्दै आएको छ ।
आँपटारीदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको ४ दशमलव ४ किलोमिटर सडकलाई २ लेनको बनाउने गरी ठेक्का सम्झौता भएको थियो । तर पछि पुनः सवारी चापलाई मध्यनजर गर्दै चार लेनको बाटो बनाउन लागिएको हो । ठेक्का सम्झौता अनुसार सडकको दुवैतर्फ सात/सात मिटरको कालोपत्रे र बीचभागमा एक मिटरको डिभाईडर निर्माण हुनेछ ।
ठेकेदार कम्पनीले कतिपय ठाउँमा गरेको कालोपत्रे पनि लेबर नमिलेको र उखडबाखड छ । सडकको बीचमा पानी जम्ने गरी निर्माण गरिएको कालोपत्रे छिट्टै नै भत्किने बताईन्छ ।