सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको पर्यटकीयस्थल उपर्दाङ्गगढी पुग्न नयाँ सडक


  •    न्युजभित्तो/१७ पुष २०७७, शुक्रबार ०८:५७ 
  • चितवन, १७ पुस । चितवनको इच्छाकामना गाउँपालिका–७ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल उपरदाङ्गगढी जानका लागि नयाँ सडक खुलेको छ । उक्त नयाँ सडक खुलेसँगै अब नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित भोर्लेबाट पनि उपरदाङ्गगढी जान सकिने भएको छ ।

    भोर्लेबाट चौकीडाडाँ, दाहाखानी, सानो भोर्ले, कापे हुँदै उपरदाङ्गगढी पुग्न सकिने उक्त सडकको नयाँ ट्र्याक जोडिएको हो । उक्त नयाँ सडकको बिहीबार एक कार्यक्रमका बीच इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उद्घाटन गर्नुभयो ।

    अध्यक्ष गुरुङले आफ्नो गाउँपालिका भौगोलिक हिसाबले निकै कठिन भए पनि गाउँपालिकाभित्रका सबैजसो गाउँ सडक सञ्जालले जोड्न सफल भएको बताउनुभयो । उहाँले ऐतिहासिक पर्यटकीयस्थलको रूपमा परिचित चितवनको पुरानो सदरमुकाम उपरदाङ्गगढी आउनकै लागि अब टाँडी हुँदै शक्तिखोरबाट मात्र आउनुपर्ने बाध्यता हटेको बताउनुभयो । यस्तै नयाँ ट्र्याक खुलेपछि स्थानीयवासीको दैनिक जीवनयापनमा हुने कठिनाइलाई पनि सजिलो बनाउँदै लैजाने उहाँले बताउनुभयो ।

    वडाध्यक्ष बमबहादुर रानाले वडा नं ७ मा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडामा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ छैनन्, यसैले अब सडक स्तरोन्नति र कालोपत्र गर्नतिर ध्यान लगाउनेछौँ ।” यतिमात्र नभई खानेपानी र विद्युतीकरण गर्न बाँकी रहेका गाउँमा सडक सञ्जालले छोएसँगै उक्त कामका लागि समेत ध्यान दिइने उहाँले बताउनुभयो ।

    भोर्लेबाट दाहाखानी हुँदै उपरदाङ्गगढीसम्म करिब ३६ किलोमिटर दूरी रहेको उक्त सडकको इच्छाकामना गाउँपालिका खण्डकमा पर्ने दाहाखानीबाट उपरदाङ्गगढीसम्म करिब १२ किलोमिटर सडक गाउँपालिका र वाग्मती प्रदेश सरकारको रु एक करोड करोड २५ लाखको लागतमा निर्माण गरिएको हो । जसमा इच्छाकामना गाउँपालिकाले तीन आर्थिक वर्षमा रु ७३ लाख वाग्मती प्रदेश सरकारले रु ३८ लाख बजेट लगानी गरेको दाहाखानी उपरदाङ्गगढी मोटरमार्ग निर्माण उपभोक्ता समितिका सचिव विर्ष गुरुङले जानकारी दिनुभयो । उक्त सडकले सालठाना, सानो भोर्ले, कापेलगायत स्थानीयवासीलाई सहज हुने भएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.