चितवन गार्डेन रिसोर्ट अंग्रेजी नयाँवर्षदेखि सञ्चालनमा आउने
न्युजभित्तो/१३ पुष २०७७, सोमबार ०८:२३
चितवन, १३ पुस । भरतपुर विमानस्थल नजिक रहेको चितवन गार्डेन रिसोर्ट अंग्रेजी नयाँवर्षदेखि सञ्चालनमा आउने भएको छ । रिसोर्टले आइतबार पत्रकार सम्मेलन गरी सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।
रिसोर्टका प्रवन्ध निर्देशक तेजप्रसाद घिमिरेले पुस १७ गतेसम्म रिसोर्टको सम्पूर्ण काम सम्पन्न सम्पन्न गरी उद्घाटन गरिने जानकारी दिनुभयो । रिसोर्टमा २८ वटा लक्जरियस कोठाहरु मध्ये १८ वटा स्टार्ट रहेका छन् । डिजिटल बार, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, डायनिङ रेष्टुरेन्ट, व्याङक्वेट हलहरु रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार एक हजार जना अट्ने, दुई सय जना अट्ने, ५० जना अट्ने र साना गरी चार वटा हलहरु रहेका छन् । होटलमा एक पटकमा ६१ जनासम्मलाई बस्न सक्ने उहाँले बताउनुभयो ।
गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याइएको घिमिरेले बताउनुभयो । उहाँले रिसोर्ट संचालन गर्न ३० करोड रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । भरतपुर विमानस्थलसंगै जोडिएकाले पाहुनाहरुका लागि सहज हुने उहाँको भनाई थियो । उहाँका अनुसार रिसोर्टमा ३२ जनाले रोजगारी पाएका छन् । सो रिसोर्ट १७.५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।