सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित


  •    न्युजभित्तो/१० पुष २०७७, शुक्रबार १७:२५ 
  • चितवन, १० पुस । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघको केन्द्रीय अध्यक्षमा पुनः तेजनारायण पाण्डे निर्वाचित हुनु भएको छ । संघको आज शुक्रबार भरतपुरमा सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनले पाण्डेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

    समितिको बरिष्ठ उपाध्यक्षमा विरबहादुर गुरुङ्, उपाध्यक्षमा क्रमशः प्रकाश चापागाई, प्रकाश श्रेष्ठ, महासचिबमा नेत्रनारायण आचार्य, सचिबमा नरेन्द्र अधिकारी, सह–सचिबमा मोहोन कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ ।

    समितिको सदस्यमा त्रिलोचन सुवेदी, गुरुप्रसाद सुवेदी, अनन्त दुवाडी, भरत पाण्डे, प्रेम प्रसाद गैंरे, सुरेशजंग पाण्डे, प्रकाशमणी सापकोटा, इन्द्र क्षेत्री, मोहन बाबु श्रेष्ठ, उमेश अधिकारी, सुदर्शन जोशी र राकृष्ण पुरी रहनु भएको छ ।

    उद्घाटन सत्रमा बोल्दै नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले किसानलाई माथि उठाउन नसकेसम्म व्यवसायीको हित हुन नसक्ने बताउनुभयो । किसानको उत्थानका लागि सबै एक भएर काम गर्न जरुरी रहेको उहाँको भनाई थियो । अहिलेको समयमा बितरक बिना व्यवसाय सम्भव नरहेको भन्दै उहाँले खुल्ला अर्थतन्त्रमा बितरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

    निर्वाचित भएपछि बोल्दै पाण्डेले संघको हितमा काम गर्ने बताउनुभयो । बजारको माग र आपूर्तीका कारण मूल्यमा तलमाथी हुने भएकाले यसमा कसैले मनोपोली गर्न नसक्ने उहाँको भनाई थियो । आफुहरुले उपभोक्ता र उत्पादकबीच पुलको रुपमा काम गरिरहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेल, नेपाल दाना उद्योग संघका बरिष्ठ उपाध्यक्ष शंकर कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने, उद्योग संघ चितवनका बरिष्ठ उपाध्यक्ष त्रिलोचक कँडेल लगायतले बोल्नु भएको थियो । सो संघमा देशभरका ८० व्यवसायी आबद्ध रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.