सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

द फन रेसिडेन्सीलाई लिडिङ इको फ्रेण्डली अवार्ड


  •    न्युजभित्तो/१ पुष २०७७, बुधबार १६:३७ 
  • चितवन, १ पुष । द फन रेसिडेन्सी (होटल चितवन) ले लिडिङ ईको फ्रेण्डल्ली सिटी होटलको अवार्ड प्राप्त गरेको छ । होटलले द साउथ एशिया ट्राभल अवार्ड (साटा) सिल्भर अवार्ड प्राप्त गरेको हो ।

    होटलले आज बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०१६ बाट शुरु भएको यस अवार्ड यस पटक आफूहरुले प्राप्त गरेको होटलका जनरल म्यानेजर दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार उक्त अवार्डका लागि नेपाल लगायत दक्षिण एशियाका दर्जनौं होटलहरुले नोमिनेश गरेका थिए । भरतपुरको मुख्य शहरी क्षेत्र वीरेन्द्र क्याम्पस गेटमा स्थित सिटी ल्याण्डमार्कमा रहेको उक्त होटलले प्लाष्टिकजन्य पदार्थ र केमिकल प्रडक्टको प्रयोग नगर्ने पोखरेलले बताउनुभयो । सिटी ल्याण्डमार्कको पाँचौंदेखि नवौं तलासम्म रहेको उक्त होटलमा ४८ वटा सुविधासम्पन्न कोठाहरु रहेका छन् । होटलमा दुई वटा सेमिनार हल, स्वीमिङ पुल, खुल्ला एवम् रमणीय स्काई लाउन्च, स्काई स्पोर्ट बार, ३६० लाउन्च रहेको होटलका सेल्स एण्ड मार्केटिङ म्यानेजर श्रीसा भट्टराईले जानकारी दिनुभयो ।

    होटलले पुस ९ गते क्रिमस डेका दिन “क्रिसमस २०२०” कार्यक्रमको आयोजना समेत गरेको छ । होटलको छैठौं तलामा हुने कार्यक्रममा गायक निशान भट्टराईले सांगीतिक प्रस्तुती दिने उहाँले बताउनुभयो । सो कार्यक्रममा सहभभागी हुन चाहनेले रु.२०२० को टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागीलाई लाइभ बार बि क्यू, गला डिनर, लाइभ सेन्टा क्लज, क्रिसमस ट्री, आकर्षक गिफ्टको व्यवस्था रहेको जनाईएको छ ।

    यस्तै नयाँ वर्ष सन् २०२१ को अवसरमा “न्यू एयर इभ” कार्यक्रम आयोजना गरिने पत्रकार सम्मेलनमा भट्टराईले जानकारी दिनुभयो । सो कार्यक्रममा गायक किरण भुजेलसहित स्थानीय चर्चित गायकहरुको प्रस्तुती रहने छ । नयाँवर्षको स्वागतमा लाइटसहितको बेलुन उडाउन तथा अतिसवाजी गर्ने कार्यक्रम राखिएको जनाईएको छ ।

    चौधरी ग्रुप अन्तर्गतको उक्त होटलबाट भरतपुर विमानस्थ, नारायणी नदी, मौलाकालिका मन्दिर लगायतका ठाउँहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.