सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय योजना आयोगको चौमासिक प्रगति समीक्षा सार्बजनिक


  •    न्युजभित्तो/२४ मंसिर २०७७, बुधबार १०:१२ 
  • काठमाडौँ २४ मङ्सिर । राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपुर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रस्तुति गरेका हुन् ।

    राष्ट्रिय विकास समस्या समाधान उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकले चौमासिक प्रगति समीक्षा गर्दै आवश्यक सुझाव र निर्देशनसमेत दिएको छ । बैठकमा कृषि मन्त्रालयका सचिव योगेन्द्र कार्की, वन मन्त्रालयका सचिव विश्वनाथ ओली, खानेपानी मन्त्रालयका सचिव मधु बेलबासे, पर्यटन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, उद्योग मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र श्रम मन्त्रालयका सचिव तोयम रायाले आ–आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    मन्त्रालयस्तरीय विकास समस्या समाधन समितिबाट समाधान हुन नसकी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकबाट समाधान हुनुपर्ने देखिएका समस्याहरुको बारेमा छलफल तथा विश्लेषण गरी समाधानका लागि उपयुक्त सुझाव तयार गर्ने, अनुगमन तथा मूल्याङ्कनसँग सम्बन्धित विषयमा आवश्यक समन्वय र निर्देशन दिने उद्देश्य निर्धारण गरेर बैठक आयोजना गरिएको उपाध्यक्ष कँडेलले जानकारी दिनुभयो ।

    बैठकमा योजना आयोगका उपाध्यक्ष कँडेल, सदस्यहरु डा कृष्णप्रसाद ओली, डा दिलबहादुर गुरुङ, डा उषा झा, मीनबहादुर शाही, डा रामकुमार फुयाल, सदस्य सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव शिशिर ढुङ्गाना, प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल, महालेखा नियन्त्रक कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, योजना आयोगलगायत कार्यालयका सम्बद्ध पदाधिकारीहरुको सहभागिता थियो । बैठक यही मङ्सिर २२ गते शुरु भई २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले जानकारी दिनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.