सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय पूर्वाधार विकासका लागि बजेट बाँडफाँड


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार १४:३३ 
  • परासी, २१ मङ्सिर। नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को निर्वाचन क्षेत्र नं १ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बाँडफाँट गरिएको छ । निर्वाचन क्षेत्र बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिका–४, ५, ६, ७ पर्दछन् । सो क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आव २०७७/७८ का लागि प्राप्त रु चार करोड बजेट आफ्नो क्षेत्रका विभिन्न योजनामा बाँडफाँट गर्नुभएको हो ।

    सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा योजना सञ्चालन गर्न पठाएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत यस क्षेत्रमा २० वटा योजना छनोट गरिएको छ । छनोट गरिएका योजनामा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

    मन्त्री त्रिपाठीका अनुसार शहीद स्मृति सामुदायिक अस्पताल चौपत्ता बर्दघाटका लागि रु ५० लाख विनियोजन गरिएको छ भने बर्दघाटकै गैडहवा–भगजोगनी पुल निर्माणका लागि रु ३५ लाख विनियोजन गरिएको छ ।

    भगजोगनीमा सामुदायिक भवन निर्माण, दाउन्नेदेवी क्याम्पसमा सटर निर्माण र सुस्ता गाउँपालिका–४ रामजानकी मन्दिरमा सामुदायिक भवन निर्माणका लागि रु २५/२५ लाख छुट्याइएको छ ।

    प्रतापपुर स्वास्थ्यचौकी प्रतापपुर, कुडिया स्वास्थ्यचौकी सुस्ता, पञ्चनगर महिला कल्याण कृषि सहकारी बर्दघाट, सरावल–४ हात्तीवन सामुदायिक भवन निर्माण, सरावलकै मङ्गलपुरमा सामुदायिक भवन निर्माण, दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारीका लागि रु २०/२० लाख विनियोजन गरिएको छ ।

    प्रतापपुर–५ स्थित बैदौली पुल धर्मशालाका लागि रु १९ लाख ४० हजार तथा सरावल–६ स्थित पुसौलीको अधुरो सडक निर्माण र सरावल–४ को कोटहीमाई दुर्गा मन्दिरमा उद्यान निर्माणका लागि रु १५/१५ लाख विनियोजन गरिएको छ । प्रतापपुर–३ स्थित आमासमूह अमहवाको अधुरो भवन निर्माण, प्रतापपुर–२ गोपीगञ्जस्थित प्रगतिशील महिला समूह, बर्दघाट–१६ सूर्यनगरस्थित बौद्धगुम्बा, बर्दघाटको लघुनाहामा दलित महिला भवन निर्माणका लागि रु १०/१० लाख विनियोजन गरिएको छ भने संसारकोट मन्दिर तथा अधुरो महिला भवन निर्माणका लागि रु सात लाख विनियोजन गरिएको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.