सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीको बोटे सामुदायिक घरवास सञ्चालनमा


  •    न्युजभित्तो/२१ मंसिर २०७७, आईतवार ०९:१८ 
  • माडी (चितवन), २१ मंसिर । चितवनको माडीमा बोटे सामुदायिक घरवास सञ्चालनमा आएको छ । माडी नगरपालिका–१ वनकट्टास्थित बोटेटोलमा रहेका १० घरवास सञ्चालनमा आएका हुन् । मङ्सिर महिनादेखि घरवासमा पाहुना आउन शुरु गरेको अध्यक्ष सन्तोषप्रसाद बोटले जानकारी दिनुभयो । उहाँले पाहुना आउन थालेपछि गाउँलेमा खुशी र उत्साह जागेको बताउनुभयो ।

    प्रत्येक घरवासमा चार जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको छ । अन्य दुई घरवास निर्माणको चरणमा छन् । आवश्यकतानुसार क्षमता बढाउँदै लैजाने तयारी गरिएको छ । घरवासको औपचारिक उद्घाटन गर्न भने बाँकी रहेको अध्यक्ष बोटले जानकारी दिनुभयो । माडी नगरपालिका, पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समिति र तराई भूपरिधि कार्यक्रम ९ताल० को सहयोगमा घरवास निर्माण गरिएको हो ।

    शान्त वातावरणमा सञ्चालित घरवासमा बसेर रमणीय दृश्यावलोकन गर्नुका साथै नदी किनारमा आएका जङ्गली जनावर पनि देख्न सकिने भएकाले पर्यटकका लागि बोटे घरवास आकर्षणको केन्द्र बन्ने कोषाध्यक्ष जगनारायण बोटले बताउनुभयो । घरवासमा आउने पाहुनालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले माडी नगरपालिका र स्वीच प्रोजेक्टको सहयोगमा बोटे सामुदायिक सांस्कृतिक भवन निर्माण भइरहेको जानकारी दिँदै उहाँले बोटे, थारूलगायत विभिन्न जातजातिका संस्कृति देखाएर पर्यटकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिनुभयो ।

    धार्मिक क्षेत्र गोद्धकधाम बोटेटोलबाट करिब एक किमी पश्चिममा पर्छ । गोद्धकमा पाँच पाण्डव गुप्तवास बसेको, परशुरामले मातृ हत्याको दोषमुक्त हुन स्नान गरेको कुण्ड, भीमइनार, भीममन्दिर, अष्टभुजाको शिवलिङ्ग, कुकुरनाथ, बिरालोनाथलगायतका ठाउँहरु छन् । रामनवमी, शिवरात्रि, साउने मेलामा गोद्धकमा दर्शानार्थी बढी आउँछन् । सो क्षेत्रमा सामूहिक माछापोखरी पनि छन् ।

    माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले वाल्मीकि आश्रमदेखि गोद्धक क्षेत्र जोड्न सके धेरै आन्तरिक तथा बाह्य पर्यटक बढ्ने बताउनुहुन्छ । “गोद्धक क्षेत्र चिनाउन घरवासले थप सघाउनेछ्”, उहाँले भन्नुभयो, “स्थानीय रहनसहन र संस्कृतिको अवलोकन गर्दै गोद्धक घुम्न पाइनेछ ।” चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बोटेटोल बर्सेनि जङ्गली जनावर र डुबानको समस्या झेल्दै आएको बस्ती हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.