सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हाले


  •    न्युजभित्तो/१५ मंसिर २०७७, सोमबार १०:३६ 
  • काठमाडौँ, मङ्सिर १५ गते ।नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हाल्नुभएको छ । वैधानिक प्रावधानअनुरूप महासङ्घको अध्यक्ष बन्नुभएका शेखर गोल्छा, शनिबार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायी चन्द्रप्रसाद ढकाल, वस्तुगत समूहका उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट समूहका उपाध्यक्ष रामचन्द्र सङ्घई र जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ र कार्यकारी सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
    यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका शेखर गोल्छाले महासङ्घको १९औँ अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

    महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको कार्यकालपछि स्वतः अध्यक्ष हुने प्रावधानअनुरूप उहाँले अध्यक्षता ग्रहण गर्नुभएको हो ।
    आइतबार बिहान सार्वजनिक भएको मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले करिब ५५ प्रतिशत र प्रतिद्वन्द्वी किशोर प्रधानले करिब ४५ प्रतिशत मत पाउनुभएको थियो ।

    निर्वाचनका क्रममा समूह बनाएरै प्रतिस्पर्धामा उत्रिएका भए पनि परिणाम भने मिश्रित आएको छ । वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी हुँदा उहाँको प्यानलबाट एसोसिएट उपाध्यक्ष सङ्घई मात्र विजयी हुनुभयो भने वस्तुगत र उद्योग वाणिज्य समूहबाट प्रधान विजयी हुनुभयो । कार्यकारी सदस्यमा पनि दुवै प्यानलबाट मिश्रित रूपमा विजयी हुनुभएको छ ।

    जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत पाउनुभयो । दुवै किशोरकुमार प्रधान समूहबाट चुनावीमा उत्रनुभएको थियो । दिनेश श्रेष्ठ महासङ्घमा वस्तुगतबाट उपाध्यक्ष भइसक्नुभएको छ ।
    वस्तुगत समूह उपाध्यक्ष अञ्जन श्रेष्ठ ६१ मत र प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत पाउनुभयो । उमेशलाल वर्तमान कार्यसमितिमा वस्तुगततर्पm उपाध्यक्ष नै हुनुहुन्थ्यो भने अञ्जन वस्तुगत समूह सदस्य हुनुहुन्थ्यो । एसोसिएट उपाध्यक्ष बन्नुभएका सङ्घईले ४५५ मत ल्याउनुभयो भने प्रतिद्वन्द्वी सौरभ ज्योतिले ४३४ मत ल्याउनुभएको थियो ।

    उहाँहरूले महासङ्घको निर्वाचनका क्रममा समूह बनाएर गएको भए पनि अबका दिनमा त्यसको कुनै प्रभाव नदेखिने गरी एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष बन्नुभएका गोल्छाले प्रधान समूहलाई खुलेर समर्थन गर्दै आउनुभएको थियो तर वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित हुनुभयो । ढकालले समूहका कुरा निर्वाचनकै दिनबाट अन्त्य भएको र त्यसको कुनै असर नरहने प्रतिक्रिया दिनुभयो ।

    गोल्छा हाम्रो अध्यक्ष हुनुहुन्छ, उहाँले भन्नुभयो, “अब प्यानलको कुनै पनि प्रभावभोलिका दिनमा रहँदैन । ”
    शपथ समारोहलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष भवानी राणाले महासङ्घको ५० वर्षे इतिहासमा महिला अध्यक्ष हुने इतिहास लेख्न पाएकामा गर्व गर्नुभयो । उहाँले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको भन्दै त्यसको श्रेय सामूहिक भाव र सबै पदाधिकारीको सहयोग रहेको बताउनुभयो ।

    नवनियुक्त अध्यक्ष शेखर गोल्छाले महासङ्घलाई मन्दिरका रूपमा व्याख्या गर्दै यसको जिम्मेवारी र भूमिका प्रभावकारी बनाउन दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । महासङ्घलाई गुट–उपगुटजस्ता राजनीतिबाट मुक्त गरेर व्यावसायिक तथा संस्थागत प्रतिष्ठा विस्तारमा लाग्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.