भरतपुर विमानस्थल विस्तारको काम रोकिंदैन : मन्त्री भट्टराई
न्युजभित्तो/१४ मंसिर २०७७, आईतवार १८:४८
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तारको काम क्रमशः अघि बढेको बतताउनु भएको छ । भरतपुर महानगरपालिकामा आज आईतबार आयोजित छलफल कार्यक्रममा उहाँले विमानस्थल विस्तार गर्ने कार्यमा सरकारका सबै निकायको सहयोग रहेको बताउनु भयो ।
विमानस्थल विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र क्रमशः सार्दै लैजाने तर विस्तारको कामलाई नरोकिने बताउँदै उहाँले भन्नुभयो “नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्रका लागि महानगरपालिका वडा नं. ११ को बसेनीमा आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया महानगरले अघि बढाउनु पर्छ ।”
सेनाले हाल गण रहेको ठाउँमा उद्धार केन्द्र (रेस्क्यु सेन्टर) राख्न चाहेको र नयाँ ठाउँमा केही बढी जग्गा माग गरेको भन्दै उहाँले दुवै प्रस्ताव सकारात्मक रहेको बताउनुभयो । नेपाली सेना नकारात्मक नरहेको बताउँदै उहाँले भन्नुभयो “वैकल्पिक व्यवस्थाको सुनिश्चितता हुने वित्तिकै सेना सर्छ ।”
विमानस्थल नजिकबाट पश्चिम चितवन जाने बाटोलाई उद्धार केन्द्र र धावनमार्गको बीच वा छेउबाट कहाँबाट उपयुक्त हुन्छ त्यहीबाट बनाउने प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले सुरक्षिात विमानस्थल बनाउनु पर्छ भन्ने विषयमा गरेको प्रस्तावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएका कारण प्रगति हुन सकेको बतताउनुभयो । उहाँले सेनालाई आवश्यक जग्गा उपलब्ध गराउन गर्नुपर्ने प्रक्रिया अघि बढाउन महानगर सकारात्मक रहेको भन्दै पछिल्लो समयमा विमानस्थल आसपासमा मापदण्ड विपरित घर निर्माण गर्न रोक लगाईएको जानकारी दिनुभयो ।
विमानस्थल विस्तार र सुरक्षाका लागि महानगरले गर्नुपर्ने आवश्यक सम्पूर्ण काम गर्न तयार रहेको भन्दै उहाँले भन्नुभयो “म प्रमुख भएदेखि नै विमानस्थल विस्तारका लागि आवश्यक पहल गर्दै आएको छु, मन्त्रीज्यूहरुको सकारात्मक सहयोगका कारण कामले गति लिएको छ ।”
कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, प्राधिकरणका राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदिपक अधिकारी, कालिबहादुर गण भरतपुरका गणपति विज्ञान खनाल, भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थल विस्तारको हालसम्मको प्रगतिका बारेमा प्रकाश पार्नुभएको थियो ।
नक्सांकनको काम अन्तिम चरणमा पुगेको र दुई महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन तयार हुने सो अवसरमा जानकारी गराईएको थियो ।
भरतपुर विमानस्थलको धावनमार्ग छोटो हुँदा यहाँ ठूला विमानहरु आउन सक्दैनन् भने साना विमानहरुलाई पनि उडान र अवतरण गर्न कठिन हुने गर्दछ ।