सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दीपज्योति सहकारीको साधारण सभा शुरु


  •    न्युजभित्तो/१४ मंसिर २०७७, आईतवार १३:५२ 
  • चितवन। दीपज्योति अभिबृद्धि बचत तथा ऋण सहकारी संस्था लिको २६ औं वार्षिक साधारण सभा आज (आईतबार) बाट शुरु भएको छ । सहकारीको मुख्य कार्यालय र सेवाकेन्द्रहरुमा मंसिर २६ गतेसम्म चरणबद्ध रुपमा साधारणसभा एवं सेवाकेन्द्र भेला गरी मंसिर २७ गते समापन गरिंदैछ ।

    कोरोना संक्रमणका कारण उच्च सावधानी अपनाउँदै संस्थाले साधारणसभाको प्रक्रिया अघि बढाएको हो । सभाको शुभारम्भ गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक एवं दीपज्योतिका सल्लाहकार संयोजक तेजेन्द्रबहादुर खड्काले यस संस्थाले अन्य संघ संस्थासँग समेत एकीकरण गर्दै जिल्लामा नमूना सहकारीका रुपमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो “सबै संघ संस्थाहरुले आफूहरुसँग मिल्दाजुल्दा सहकारीहरु एकीकरण गरेर सक्षम सहकारी बनाउनेतर्फ लाग्नुपर्छ ।”

    कार्यक्रममा संस्थाका अध्यक्ष भोला शिवाकोटीले दीपज्योतिले बि.सं. २०७५ मा गौरवमय साकोस र २०७६ मा अभिबृद्धि साकोससँग एकीकरण गरेको भन्दै अन्य सहकारीहरुसँग समेत एकीकरणको प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । कोरोना संक्रमणका कारण सबैलाई एकै ठाउँमा भेला गरेर साधारणसभा गर्न नसकेपनि चरणबद्ध रुपमा अधिकतम सदस्यलाई पायक पर्ने गरी साधारणसभा शुरु गरिएको बताउनुभयो ।

    सो अवसरमा यस संस्थासँग गत वर्ष एकीकरण भएको अभिबृद्धि साकोसका संस्थापक एवं संरक्षक डा. टीकानिधि ढकाल, संस्थाका उपाध्यक्ष तुल्सीराम आचार्य, सचिव नारायणप्रसाद उपाध्याय, शेयर सदस्य भगवती घिमिरे, यदुनाथ भट्टराईलगायतले बोल्नु भएको थियो ।

    संस्थाका कार्यकारी प्रबन्धक उमाकान्त पौडेलले हाल संस्थामा ३ हजार ४१३ जना सदस्य रहेको, शेयर रकम पाँच करोड ७० लाख, कूल बचत ४० करोड, लगानी ३५ करोड रहेको जानकारी दिनुभयो । गत वर्ष संस्थाले १ करोड ३६ लाख रुपैयाँ नाफा गरेको सहकारीले चालु आर्थिक वर्षमा १ करोड ९३ लाख नाफा गर्ने लक्ष्य राखेको छ ।

    सहकारीले आज अभिबृद्धि सेवा केन्द्रबाट साधारणसभा शुरु गरेको हो । मंसिर १६ गते भानुचोक सम्पर्क कार्यालय टाँडी, १७ गते गौरवमय सेवाकेन्द्र भरतपुर ११, १९ देखि २६ गतेसम्म दीपज्योति भवन मुख्य कार्यालय भरतपुर ११ मा उपस्थित माईन्यूट रहने गरी चरणबद्ध साधारणसभा गर्दै छ । मंसिर २७ गते धावन पार्टी प्यालेस जागृतिचोकमा समापन कार्यक्रम हुने छ ।

    भरतपुर ११, वाईपासरोडमा आफ्नै सुविधासम्पन्न भवन भएको जिल्लाको प्रतिष्ठित सहकारी भएकाले यस सहकारीसँग एकीकरणका लागि धेरै सहकारीहरुले ईच्छा जाहेर गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.