सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सबै इट्टा उद्योग बन्द


  •    न्युजभित्तो/२७ कार्तिक २०७७, बिहीबार १६:४२ 
  • चितवन । कोरोना महामारीका कारण काम गर्न कठिन भएपछि जिल्लाका सबै इट्टा उद्योग बन्द भएका छन् । मजदूर ल्याएर काम लगाउन र उत्पादित सामग्री ढुवानीमा समस्या भएपछि यस वर्ष इट्टा उद्योग संञ्चालन नहुने अवस्थामा पुगेका हुन् । गत वर्ष यही समयमा उद्योगले चिम्नीमा इट्टा उत्पादन थालेका हुन्थे । यस वर्ष उद्योग सञ्चालकले मजदूर समेत ल्याएका छैनन् ।

    इट्टा उद्योग सङ्घका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले उद्योग सञ्चालन गर्न सकिने अवस्था नरहेकाले यस वर्ष बन्द गरिएको जानकारी दिनुभयो । “चितवनसहित देशभरका उद्योग यस वर्ष चल्ने अवस्था छैन” उहाँले भन्नुभयो, “तराई र भारतबाट मजदूर ल्याउनुपर्दछ तर अहिले ल्याउन सक्ने अवस्था छैन कसरी चलाउने ।” उहाँका अनुसार जिल्लामा १८ वटा इट्टा उद्योग छन् । देशभरमा यो सङ्ख्या एक हजार चार सय हाराहारी रहेको छ । स्थानीय मजदूर पाउने ठाउँका २० प्रतिशत जति उद्योग चले पनि अन्य उद्योग चल्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

    गत वर्ष सबै उद्योगले आफ्ना उत्पादन निकालेका थिए । यस वर्ष मजदूर अभावले नै माटो मुछ्ने, ओसार्ने, पोल्ने, बोक्नेलगायत काम नहुने भएपछि उद्योग वन्द गरिएको हो । जिल्लाका साना एक दुई वटा सञ्चालन हुन सक्ने भए पनि अन्य सवै उद्योग बन्द हुने सापकोटाको भनाइ छ ।

    गत वर्षपनि मंसिर महिनादेखि फागुनसम्म पटकपटक वर्षा हुँदा वनाएको इट्टा गलेर नोक्सान भएको थियो । दुई वर्षदेखि उद्योगीलाई घाटा भएकाले अहिले चलाउन सकिने अवस्था नरहेको जिल्ला अध्यक्षसमेत रहनुभएका सापकोटाले बताउनुभयो । ठूलो सङ्ख्यामा मजदूर आवश्यक पर्ने भएकाले भौतिक दूरी कायम गरेर काम गर्न सक्ने अवस्था नरहेको उद्योगी बताउँछन् । सापकोटाले भन्नुभयो, “एक जना मजदूरलाई कोरोना सङ्क्रमण भएमा सबै जोखिममा हुन्छन् । यो जोखिम मोल्न नसकेर नै उद्योग खोल्न नसकेका हौं ।” एउटै इट्टा भट्टामा तीन सय सम्म मजदूरलाई काम लगाउने गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.