सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको निर्णय सच्याउन मुद्रण उद्योग संघ चितवनको आग्रह


  •    न्युजभित्तो/२७ कार्तिक २०७७, बिहीबार १४:०१ 
  • चितवन । मुद्रण उद्योग संघ चितवनले सरकारले हालै विदेशबाट छपाई गरी आयात गरिने पुस्तकमा भन्सार छुट दिने निर्णय सच्याउन आग्रह गरेको छ । संघले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी निर्णय सच्याउन आग्रह गरेको हो ।

    संघका अध्यक्ष गुमानसिंह खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालमा निजी लगानीमा स्थापित मुद्रण उद्योगहरुले कच्चा पदार्थहरु आयात गर्दा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) व्यहोरिरहेको उल्लेख छ । भन्सार छुटमा आउने तयारी वस्तुसँग भन्सार र भ्याट तिरेर कच्चा पदार्थ आयात गरेका यहाँका उद्योगहरुले प्रतिस्पर्धा गर्न नसक्ने स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ “यस्तो व्यवस्थाले मुद्रण उद्योगहरु धरासायी बन्ने निश्चित छ ।” आर्थिक वर्ष २०६७/०७७ को बजेट मार्फत् तयारी सामान आयात गर्दा १० प्रतिशत भन्सार लगाउने निर्णय भएकोमा उद्योगीहरुले केही राहतको महसुस गरिरहेको बेला मन्त्रीपरिषद्को बैठकले मुद्रण उद्योग महासंघसँग समन्वय नगरी अचानक भन्सार खारेज गरी स्वदेशका मुद्रण उद्योगहरुलाई वेवास्ता गरिएको विज्ञप्तिमा जनाईएको छ । यो निर्णय नेपाली मुद्रण क्षेत्रको हितमा नभएकोले स्वदेशी उद्योगहरुको संरक्षण र सम्बद्र्धनमा यो कदम अनुचित भएकोले अविलम्ब सच्याउन विज्ञप्ति मार्फत् जोडदार माग गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.