सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लक्जरी सुविधासहित चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउँदै


  •    न्युजभित्तो/२५ कार्तिक २०७७, मंगलवार १३:४९ 
  • चितवन, २५ कात्तिक । चितवन गार्डेन रिसोर्ट सञ्चालनमा आउने भएको छ । हाईटेक लक्जरी सुविधासहित रिसोर्ट सञ्चालनमा आउन लागेको हो । रिसोर्टको व्यवस्थापन केयर हस्पिटालिटी (म्यानेजमेन्ट ग्रुप) काठमाण्डौंले गरेको छ । केयर हस्पिटालिटीका एक्जुकेटिभ डाईरेक्टर सञ्जीव उपाध्यायका अनुसार २८ वटा कोठासहितको रिसोर्टमा २० वटा स्टाण्डर्ड र ८ वटा प्रिमियम कोठा रहेका छन् । तीन वटा ब्याङकुट हल र एउटा कन्फेर्नन्स हल समेत रहेको उक्त रिसोर्टमा एकै पटक ६ सय जना सहभागी भएर कार्यक्रम गर्न सकिने क्षमता रहेको छ ।

    स्वीमिङ पुल, बच्चाको लागि बेबी पुल रहेको रिसोर्ट वरपर सुन्दर बगैंचा रहेको छ । अत्याधुनिक सामानको प्रयोग गरी निर्माण गरिएको रिसोर्टमा फाईनडाईन रेष्टुरेन्ट र डिजिटल बार समेत रहेको उपाध्यायले जानकारी दिनुभयो । रिसोर्टको आगामी पुस १० गते क्रिसमस डेको दिन उद्घाटन गर्ने तयारी गरिएको छ । जग्गा बाहेक ३० करोड रुपैयाँभन्दा बढी लगानी गरिएको रिसोर्टमा आन्तरिक सहित बाह्य पर्यटकलाई लक्षित गरिएको छ । नेपालका कर्पाेरेट, साथीभाई र परिवारसहित घुमफिरमा आउनेहरु र नेपालमै लामो समय रहने विदेशी र नेपाल घुम्न आउने विदेशीलाई लक्षित गरी रिसोर्ट सञ्चालन गरिने उपाध्यायले बताउनुभयो । कोरोनाका कारण तत्काल विदेशी पाउने आउने सम्भावना थोरै भएपछि विभिन्न परियोजनामा काम गर्ने विदेशीहरुका लागि रिसोर्ट बस्नका लागि उपयुक्त हुने उहाँको भनाई छ ।

    कोरोना कहरका कारण समस्यामा परेको पर्यटन क्षेत्रमा होटल तथा रिसोर्ट भने थपिने क्रममा रहेका छन् । उपाध्यायका अनुसार चितवनकै जगतपुर र भरतपुरमा थप दुई वटा होटल केयरको व्यवस्थापनमा सञ्चालन हुने तयारीमा रहेका छन् । केयर हस्पिटालिटीले नेपालका विभिन्न ठाउँका थ्री, पोर र फाईभ स्टार होटलको व्यवस्थापन गर्दै आएको छ । यसका अतिरिक्त बिजनेश होटल, रिसोर्ट, बुटिक होटल, भिल्ला होटल र अपार्टमेन्ट होटल पनि केयरले व्यवस्थापन गर्दै आएको उपाध्यायले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.