सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार वर्षमा पनि बनेन चार किलोमिटर लामो भरतपुरको वाईपासरोड


  •    न्युजभित्तो/२९ आश्विन २०७७, बिहीबार १७:२४ 
  • सुवास पण्डित
    चितवन । चितवनको भरतपुर महानगरपालिकाभित्र पर्ने आँपटारीदेखि केन्द्रीय बसपार्क जोड्ने वाइपास सडक विस्तार गर्न थालेको चार वर्ष बित्यो । तर सडक विस्तारको काम अझै सकिएको छैन । तत्कालै सकिने छाँट पनि देखिदैन । सडक डिभिजन कार्यालय भरतपुरको नाकै अगाडि ठेकेदारले गरेको मनपरीले गिज्याएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनसहित जिल्लाका अधिकांश सरकारी कार्यालय अगाडि ठेकेदारले समयमा नै काम नसकेर मज्जासँग धुलो उडाइदिएको छ । धुलो उडेर हिड्न नसक्ने अवस्था छ । ती कार्यालयमा जाने सेवाग्राहीहरु हैरान छन् । सडक विस्तार गर्ने भनेर भत्काएको वर्षो बित्यो जनताले बर्खामा हिलो र हिउँदमा धुलो खाए ।

    यो सडकखण्डमा सटर भाडामा लिएर ब्यापार गर्नेहरु आजित बनिसकेका छन् । धुलोका कारणले ग्राहकहरु आउनै छाडेको गुनासो उनीहरुको छ ।मालपोत चोकमा रहेको आहार होटलका म्यानेजर सरोज आचार्यले धुलोका कारणले ग्राहक आउन छाडेको महिनौं भएको बताए । “मालपोतको सामान्ने मुखकै होटलमा यस्तो हालत छ अन्यत्र के होला, धुलोले गर्दा ग्राहक आउन मान्दैनन्, हामीलाई समेत गाह्रो छ” आचार्यले भने ।

    समयमा नै काम नगर्ने ठेकेदारलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । २०७३ पुसमा सडक विस्तारको जिम्मा पाएको गांरी पार्वती निर्माण सेवासँग १५ महिनाभित्र सक्ने गरी सम्झौता भएको थियो । १२ करोड ८१ लाख ८२ हजार रुपैयाँमा ठेक्का पाएको सो ठेकेदार कम्पनीले सडकमा झारा टार्ने र देखावटी मात्रै काम गरेको छ ।

    गएको जेठमा चौथोपटक थपिएको म्याद पनि सकियो । सरकारले ६ महिना कोभिडका कारणले म्याद थप्ने भनेको छ । यसको फाइदा ठेकेदारले उठाएको छ । सो म्याद पुसमा सकिन्छ । त्यसपछि पनि काम नसके सम्झौता थप नगरिने डिभिजन कार्यालय भरतपुरमा प्रमुख कृष्ण अधिकारी बताउँछन् ।

    ठेकेदारले सडक विस्तारको काम पेटी ठेकेदारलाई दिएको छ । अलिअलि काम गरे जस्तो देखाउने, भुक्तानी लिने र महिनौंसम्म हराउने काम ठेकेदारले कार्यालयका इन्जिनियरलाई ‘जाँते पिङमा घुमाएको’ जस्तैं घुमाइदिएको छ । नत डिभिजन कार्यालयले ठेकदारमाथि कारबाही थालेको छ, नत कामलाई गति दिन कडाइ गरेको छ । ठेकदारले कतैकतै कालोपत्रेको काम गरेको छ । कालोपत्रे पनि गुणस्तरको देखिदैन । कालोपत्रेको सर्फेस मिलेको छैन ।

    सुरुमा बसपार्कदेखि आँपटारीसम्म ४.४ किलोमिटर डेडिकेटेड डबल लेन बनाउने भनिएको थियो । पछि चार लेनको बनाउने भनियो । ठेक्काको जिम्मा लिएको गौरी पार्वती निर्माण सेवाले बसपार्कदेखि विशालचोकसम्म २.४ किलोमिटर मात्रै सडक विस्तार गर्ने गरी ठेक्का पुनरावलोकन भयो ।

    घटेको दुरीको सडक पनि विस्तार नगरेर ठेकेदारले हैरान पारेको इन्जिनियरहरु बताउँछन् । सडकको दुवैतर्फ नाली अनिवार्य भने पनि कतैकतै नाली बनाएको देखिन्छ भने केही ठाँउमा अझैं नालीसम्म पनि बनाएको छैन ।

    ठेकदारलाई कालोसूचीमा राख्ने भनिए पनि त्यो हिम्मत सडक डिभिजन कार्यालयले राख्न सकेको छैन । सुरुमा सडक विस्तारमा विद्युतका पोल तथा अन्य रुख विरुवा भए पनि साइट क्लियर गरेको वर्षौ भएको छ । विशालचोकदेखि आँपटारीसम्म भागलाई दोस्रो प्याकेज बनाएर रायमाझी पशुपति जेभी कम्पनीले ठेक्का पाएको छ । केही समयअघि मात्रै ठेक्का सम्झौता भएको दोस्रो प्याकेजको कामअघि बढेको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

    दुई वर्षभित्र चार लेन बनाउने सडक २६ करोडमा ठेक्का सम्झौता भएको हो । सडकको चौडाइ भाग दुईतर्फी नालीसहित २४ मिटर र पिच १४ मिटर हुनेछ । पहिलो प्याकेजको ठेक्काको सर्भिस लेन भने डिभिजन कार्यालयले पछि अलग्गै बनाउने छ । (अनलाईनखबरबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.