सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको क्यान्सर अस्पतालबाट ३८ करोडको निःशुल्क उपचार सेवा


  •    न्युजभित्तो/१६ आश्विन २०७७, शुक्रबार १३:४८ 
  • चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट एक वर्षको अवधिमा रु ३८ करोडको निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । अस्पतालको तथ्याङक अनुसार सन् २०१९ मा अस्पतालबाट उपचारमा आउने बिरामीको स्वास्थ्य अवस्था अनुसार निःशुल्क सेवा प्रदान गरिएको हो ।

    यो अवधिमा अस्पतालले म्याक्स फाउण्डेसनको सहयोगमा रक्त क्यान्सरका बिरामीलाई रु २० करोड १९ लाख बराबरको निःशुल्क औषधि उपलब्ध गराएको छ । सन् २००४ देखि फाउण्डेशनले भरतपुरस्थित क्यान्सर अस्पतालमा रक्त र आन्द्रा क्यान्सरका बिरामीलाई तीन प्रकारका औषधि वितरण गर्छ । फाउण्डेशनले ग्लिभेक, निलोटिनिब र डासाटिनिब नामक औषधि उपलब्ध गराउँदै आइरहेको छ । यो औषधि अमेरिकाबाट नेपालका दुई अस्पताल पाटन अस्पताल काठमाडौँ र भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गरेको छ ।

    अस्पतालका अनुसार हाल ६३० बिरामीले यो सेवा लिइरहेका छन् । त्यस्तै विपन्न सेवामार्फत रु १६ करोडको निःशुल्क उपचार खर्चको सेवा प्राप्त गरेका छन् । सरकारले विपन्न एवं गरिब क्यान्सरका बिरामीका लागि रु एक लाख दिँदै आएको छ । अस्पतालमा उपचारका लागि आउने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई रु १६ लाख ९६ हजार र १५ वर्षमुनिका बालबालिकालाई रु एक करोड ६७ लाख ४१ हजार बराबरको निःशुल्क सेवा दिइएको अस्पतालले जनाएको छ । सन् २०१९ मा बहिरङ्ग विभागमा उपचारका लागि आउने बिरामीको सङ्ख्या एक लाख ४५ हजार ७७६ छ ।

    अस्पतालमा देशभर र भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले विपन्न सेवामा दिने अनुदानमा वृद्धि गर्नुपर्ने बताउनुभयो । कार्यकारी निर्देशक गौतमले विपन्न सेवामा दिने अनुदानलाई सरकारले रु दुई लाख पु¥याउन सके क्यान्सरका बिरामीलाई सहयोग पुग्ने बताउनुभयो ।

    गएको १० वर्षको अवधिमा क्यान्सरको उपचारका लागि अस्पताल पुग्ने बिरामीको सङ्ख्या झण्डै १० गुणाभन्दा धेरैले बढेको अस्पतालको तथ्याङ्कले देखाएको छ । विश्वभरि क्यान्सरका विरामीहरूको तथ्याङ्क राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा वर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन् । अस्पतालमा दर्ता भएका बिरामीहरुको सङ्ख्याको आधारमा नेपालमा तीव्ररुपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकको भनाइ छ । क्यान्सरको उपचारका लागि विपन्न सेवामा रकम वृद्धि गर्नसके क्यान्सर लागेका बिरामी समयमै अस्पतालसम्म पुगे मृत्युदर पनि घट्ने चिकित्सकको अनुमान छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.