सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता


  •    न्युजभित्तो/४ आश्विन २०७७, आईतवार १२:४८ 
  • नारायण अधिकारी
    चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । साउन २८ गतेबाट जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारणले प्रशासनको आदेश पूर्ण पालना नगर्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिएको हो ।

    जिल्लामा सङ्क्रमित बढे पनि व्यापार व्यवसाय चलाउनु पर्छ भन्ने आवाज चर्को बन्दै गएपछि प्रशासनले केही खुकुलो गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले समाजभन्दा प्रशासक अलग्गै जान नसक्ने भएपनि समाजको आवाजलाई सम्बोधन गर्दै निषेधाज्ञा खुकुलो बनाइएको बताउनुभयो । सरकारले गरेको अनुरोधलाई सर्वसाधारणले पूर्ण पालना गरेमा सङ्क्रमण फैलिन नपाउने उहाँको भनाइ छ । सर्वसाधारणले वेवास्ता गरेमा भने सङ्क्रमण बढ्न सक्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो ।

    स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी छ महिनाको लकडाउनको परीक्षणपछि नयाँ ढङ्गको परीक्षण शुरु भएको बताउनुहुन्छ । तिवारीले भन्नुभयो, “एउटा चरणमा पूर्ण लकडाउन गरियो । समुदायमा जानबाट रोकिएको पनि हो । बीचमा लकडाउन केही खुकुलो हुँदा समुदायमा फैलियो ।” पूर्ण लकडाउन गरेरै सङ्क्रमण रोक्न सकिन्छ भन्ने हाम्रो आवाज मधुरो बन्दै गएको र अब खोल्नुपर्छ भन्ने आवाजले जित्दै गएपछि खुकुलो भएको उहाँको कथन छ । अब कोरोनासँग ‘लिभिङ टुगेदर’ गरेरै अघि बढ्नु पर्ने उहाँले सुझाउनुभयो ।

    स्वास्थ्य कार्यालयले पनि अब सङ्क्रमण रोक्न भन्दा पनि मृत्यु हुन नदिनेतर्फ पहल गर्ने उहाँको भनाइ छ । तिवारीले भन्नुभयो, “अब हामी सिकिस्त बिरामी र लक्षण भएकाहरुको व्यवस्थापनमा लाग्छौं ।” समुदायस्तरमा फैलिएको सङ्क्रमणले प्रतिरोधात्मक क्षमता पनि बढाउँदै लगेको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कतिपयलाई थाहै नपाई सङ्क्रमण भएर निको भइसक्यो, कतिपयलाई कोरोना सामान्य रोग हो भन्ने मनोबल बढेको छ ।”

    समाजमा लक्षण नदेखिएका सङ्क्रमित बढ्दै जाँदा त्यसले जोखिम कम हुँदै जाने उहाँको भनाइ छ । डा अधिकारी अहिले ६८ प्रतिशत लक्षण नभएका र ३२ प्रतिशत लक्षण भएका सङ्क्रमित रहेको बताउनुहुन्छ । उहाँका अनुसार तीन प्रतिशत सङ्क्रमित मात्रै गम्भीर बिरामी भएका छन् । लकडाउन खुकुलो हुँदै जाँदा लक्षण नहुने सङ्क्रमित बढ्दै जाने उहाँको अनुमान छ । उहाँले भन्नुभयो, “अब लक्षण नभएका सङ्क्रमित ८० प्रतिशतसम्म पुग्न सक्छ ।” तर मौसम चिसो हुँदै जाँदा दीर्घरोगीहरु भने बढी जोखिममा पर्ने डा अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “जाडोमा दीर्घ रोग बढी सक्रिय हुन्छ, त्यसमाथि कोरोना सङ्क्रमण भयो भने जोखिम उच्च हुन्छ ।” दम, बाथलगायतका रोगहरुले जाडो महिनामा बढी दुःख दिने बताउँदै उहाँले यस्ता वर्ग कोरोना सङ्क्रमणबाट बच्नु पर्ने सुझाव दिनुभयो ।

    उहाँले भन्नुभयो “जाडो महिनामा दीर्घरोगी धेरैको मृत्यु हुने गरेको छ, कोरोना सङ्क्रमणका कारण यो सङ्ख्या थपिन सक्छ ।” उद्योग वाणिज्य महासङ्घ बागमतीका उपाध्यक्ष राजन गौतम रोगले भन्दा भोकले धेरै मानिसको मृत्यु भएको भन्दै निषेधाज्ञा र लकडाउनले पनि रोग फैलिनबाट रोक्न नसकेको बताउनुहुन्छ । उहाँले सरकारको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर अर्थव्यवस्थालाई चलायमान बनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमणबाट जतिको मृत्यु भयो, त्योभन्दा बढी गरिबीका कारण मानिसले ज्यान गुमाउनु परेको छ ।”

    जिल्लामा हालसम्म एक हजार ५१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १७ जना चितवनका हुन् भने अन्य जिल्लाका सङ्क्रमित हुन् । देशकै मध्यभाग भएकाले अन्यत्रबाट सङ्क्रमितहरु यहाँ उपचार र रोजगारीका लागि धेरै आउने गर्दछन् । यसका कारण सबैभन्दा बढी अस्पताल र त्यसपछि उद्योग कलकारखाना सङ्क्रमणको जोखिममा छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.