सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि पर्यटन प्रवद्र्धन लागि चितवनको माडीमा होमस्टे


  •    न्युजभित्तो/३० भाद्र २०७७, मंगलवार १२:०० 
  • चितवन । जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ । माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो । सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार सो संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । जसमध्ये घर आवश्यक भएका ५० परिवारलाई पक्की घर बनाएर त्यही होमस्टे सञ्चालन गर्न लागिएको हो । उनीहरुका घरमा चार कोठा हुने छन् । जसमध्ये शौचालयसहितको एउटा कोठा होमस्टे हुनेछ ।

    दश वटा घर अन्तिम चरणमा पुगेको छ । गायकका अनुसार २८ वटा घरको झ्याल ढोका हालिँदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम शुरु भएको छ । अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी छ । निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो । ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिँदै छ । घर निर्माणका लागि वाग्मती प्रदेशले एउटा घरको रु तीन लाख र माडी नगरपालिकाले रु एक लाख ५० हजार घरधनीलाई सहयोग गरेको छ ।

    बाँकी श्रमदान आफैँले गर्नुपर्ने हुन्छ । गायकले भन्नुभयो, “उहाँहरुलाई कच्ची घरबाट पक्कीमा बसेर त्यहीभित्र रोजगारीका साथै व्यवसाय गर्ने अवसर मिल्ने छ ।” यही माघ, फागुनसम्ममा घर निर्माण सम्पन्न गरेर होमस्टे सञ्चालनमा ल्याइने सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले जानकारी दिनुभयो । कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गरिने उहाँको भनाइ छ । सोही क्षेत्रमा रु ५० लाखको लागतमा गन्धर्व सांस्कृतिक भवन बनाइँदै छ । सो भवनमा २५० जना अट्ने उहाँले जानकारी दिनुभयो ।

    माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा पर्यापर्यटन, धार्मिक पर्यटनसँगै कृषि पर्यटनका लागि होमस्टे उपयोगी हुने बताउनुभयो । सामूहिक कृषि खेतीसँगै लोपोन्मुख गन्धर्व जातिको संरक्षणमा त्यहाँ भएको काम बहुआयामिक भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पछाडि परेको समुदायलाई अगाडि बढाएर कृषि पर्यटनमा नमूना काम हुँदैछ ।” यसले माडी आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने ढकालको भनाइ छ । कृषिमा माडी नमूना भएको भन्दै उहाँले अब पर्यटन प्रवद्र्धनका काम अघि बढाइने जानकारी दिनुभयो ।

    त्यसै वडामा रामको जन्मभूमि अयोध्या भएको भन्दै सरकारले अध्ययन थालेको छ । माडीमा नै वाल्मिकी आश्रम, वैकुण्ठ धाम, सीता गुफा, गोद्धक, छरछरे, स्वमेस्वर कालिका मन्दिरलगायत धार्मिक क्षेत्र रहेका छन् । माडी चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरिएको पर्यटकीय क्षेत्र हो । त्यस क्षेत्रमा कृषि पर्यटनको उच्च सम्भावना रहेको छ । माडी माछापालनका लागि पकेट क्षेत्र हो । अन्य कृषि उत्पादनमा पनि माडी अग्रस्थानमा रहेको छ ।

    सामूहिक खेतीका लागि १०० बिघा जमिन एकीकृत गरिएको छ । एकीकृत गरिएका जमिन धेरै दलितको हो । पौडेलका अनुसार त्यहाँ रहेका ८५ घर परिवारमध्ये ४९ घर दलितको ३४ घर बाहुन क्षेत्रीको र तीन घर जनजातिको रहेको छ । हाल सामूहिक खेती गरिएको क्षेत्रमा टनेलभित्र काउली, खुर्सानी र गोलभेँडा लगाइएको छ । यससँगै धानखेती गरिएको छ । वर्षा बढी भएकाले टनेल बाहिर तरकारी खेती गर्न कठिन भएको पौडेलले जानकारी दिनुभयो । सहकारीले सामूहिक खेतीका लागि प्रदेश सरकार र स्थानीय तहसँग सहयोग जुटाएर आवश्यक औजार जोडेको छ । जसले खेती गर्न सहज र छिटो भएको पौडेलको भनाइ छ । रासस

    (सांकेतिक तस्वीर)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.